पर्वतको मोदी गाउँपालिकाद्धारा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमबारे फोन र इमेलवाट राय सुझाव माग - News site from Nepal

पर्वत- पर्वतको मोदी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७८/७९ को, नीति तथा कार्यक्रम र बजेट उपर राय सुझाव माग गरेको छ ।
यस वर्ष कोभिड-१९ का कारणले अघिल्ला वर्षजस्तो वडा वडा र टोल टोलमा पुगेर योजना माग गर्न सम्भव नभएकाले फोन तथा इमेलवाट राय सुझाव माग गरिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत किसान क्षेत्रीका अनुसार गाउँपालिकाको टेलिफोन नम्वर वा इमेल ठेगानामा आगामी बजेट तथा नितिमा समावेश गर्नुपर्ने विषयहरु मौखिक वा लिखित रुपमा पेश गर्न सार्वजनिक रुपमा अनुरोध गरिएको हो ।
स्थानीय तहको अधिकार, स्थानीय तह संचालन ऐन, बार्षिक बजेट तथा योजना तर्जुमा दिग्दर्शन, पन्ध्रौ पञ्चवर्षिय योजना, दिगो विकास लक्ष्य र गाउँपालिकाको आवश्यकता, संस्थागत विकास, उपलव्ध स्रोत र साधन समेतको आधारमा आउने बजेट तथा नीति र कार्यक्रममाथि रचनात्मक सुझाव दिन आग्रह गरिएको क्षेत्रीले बताउनुभयो ।
मोदी गाउँपालिकाले आगामी असार १५ भित्र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्ने तयारी समेत गरेको छ । पालिकाको सम्पर्क नम्वर ०६७-४१०१६४ वा इमेल ठेगाना info@modimun.gov.np मार्फत राय सुझाव दिन आग्र गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!