पर्वतको नाङलीवाङमा रुखवाट खसेर गम्भीर घाईते भएका क्षेत्रीलाई हेलिकप्टरवाट काठमाण्डौ लगियो - News site from Nepal

पर्वत- पर्वतको जलजला गाउँपालिका वडा नं. ८ नाग्लीवाङ स्थित फर्सेमा रुखबाट लडेर एक व्यक्ति गम्भीर घाईते हुनुभएको छ ।
आज विहान घाँस काट्नमा रुखमा चढेका ४५ बर्षिय बमवहादुर क्षेत्री लडेर गम्भीर घाईते हुनुभएको हो । घाँस काट्न रुखमा चढेका क्षेत्री ५० फिट भन्दा बढि तल खसेका कारण गम्भीर घाईते हुनुभएको हो ।
उहाँलाई स्थानीयले तत्काल उद्धार गरी धौलागिरी अस्पताल बागलुङ पुर्‍याएका थिए । बागलुङ उपचार हुन नसकेपछि हेलिकप्टर मार्फत थप उपचारका लागि काठमाडौँ लगिएको जलजला वडा नं. ८ का वडा अध्यक्ष हरिबिकास जिसीले जानकारी दिनुभयो ।
रुखबाट लडेर घाईते भएका क्षेत्रीको मेरुदण्ड भाँचिएको अस्पतालले जनाएको छ । बागलुङमा उपचार सम्भव नभएपछि हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाइको वडा अध्यक्ष जिसीले बताउनुभयो । सडक सञ्जाल मार्फत उपचारमा लैजादाँ ज्यानको जोखिमलाई मध्यनजर गरी घाईतेका आफन्तले खर्च व्यहोर्ने गरी सिम्रिक एयरको हेलिकप्टरको व्यवस्था गरिएको उहाँको भनाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!