पर्वतको लप्सीबोट सामुदायिक होमस्टेमा पर्यटकको आकर्षण बढ्दै - News site from Nepal
पर्वतको लप्सीबोट सामुदायिक होमस्टेमा पर्यटकको आकर्षण बढ्दै

पर्वत- पर्यटन ब्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्दनमा मोदी गाउँपालिका वडा नम्वर १ स्थित लप्सीबोट सामुदायिक होमस्टे (घरवास) संचालकलाई सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
दिगो पर्यटनका लागि समान सहभागिता भन्ने मुलनाराका साथ आयोजित सचेतना कार्यक्रमको उदघाटन गर्दै पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे क्षेत्री होमस्टेमा वास्तमै घरमा जस्तै सेवा सुविधा सहितको खानपान हुनुपर्ने बताउनुभयो । उहाँले होमस्टेमा स्थानीय उत्पादन प्रयोगलाई जोड दिनुपर्ने बताउँदै घरायसी मादकपदार्थ स्थानीय उत्पादन भए पनि यसको प्रयोग जथाभावी रुपमा गर्न नहुने बताउनुभयो ।
साथै उहाँले सरकारलाई कर तिरेर व्यसाय संचालन गर्न प्रोत्साहित गर्दै सरकारले दिने अनुदान, सहयोग लिन पनि अनुरोध गर्नुभयो । कार्यक्रममा संस्थाका सल्लाहकार तथा पर्यटनविद् श्रीकान्त खतिवडाले महिलाहरुद्धारा मात्र संचालित लप्सीबोट सामुदायिक होमस्टे नेपालकै नमुना होमस्टे बनाउन सकिने हुँदा अझै ध्यान दिएर संचालन गर्न आग्रह गर्नुभयो । उहाँले गाउँमा संचालित हामेस्टेहरुको दर्ता नविकरण लगायतका विषय अत्यन्तै झण्झटिला प्रक्रिया भएको हुँदा यसलाई राज्यले सहज बनाउनुपर्नेमा जोडदिनुभयो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष लक्की कार्की क्षेत्रीले लप्सीबोट होमस्टे संचालकहरुले धेरै राम्रो गरिसकेको प्रमाण खानपान र आतिथ्यतामा देखिएको भन्दै खुलेर प्रशंसा गर्नुभयो । साथै उहाँले पर्यटकको रुची, सरसफाई, स्थानीय उत्पादनको प्रयोग प्राचीन कला संस्कृतिको संरक्षण लगायतका विषयमा ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा लप्सीबोट सामुदायिक होमस्टे संचालक समितिका सहसचिव रत्नकुमारी गुरुङ्खले महिलाहरुले मात्र संचालन गरेको जानकारी गराउँदै अहिलेसम्म बाह्य उत्पादन आफुहरुले प्रयोग नगरेको बताउनुभयो । उहाँले होमस्टे संचालन गर्दाको अहिलेको अवस्था, त्यस ठाउँको सम्भावना र अहिले भोग्नु परेको चुनौती लगायतको बारेमा बताउनुभयो ।
संस्थाका अध्यक्ष रेणु थापा मगरले ओजेलमा परेको होमस्टेको प्रवद्र्धनका लागि आफ्नो संस्थाले भुकदेउराली र लप्सीबोट होमस्टलाई रोजेको बताउनुभयो । उक्त होमस्टेमा हामेस्टे सम्वन्धी सचेतना कार्यक्रम मात्र नभएर प्रर्वद्धन समेत गर्ने उदेश्यले पोखराबाट करिव ३० जना पर्यटन व्यवसायी महिला समेत सहभागी भएको बताउनुभयो ।
पर्यटन ब्यवसायी महिला संघ नेपालका अध्यक्ष रेनु थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव शोभा पाण्डेले गर्नुभएको थियो ।
१० वटा घरमा ५० जना अतिथि राख्न सक्ने व्यवस्था रहेको छ । कार्यक्रममा सहजकर्ताको रुपमा पर्यटनविद् श्रीकान्त खतिवडा र संस्थाका संस्थापक वरिष्ठ पर्यटन व्यवसायी लक्की क्षेत्री कार्की रहनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!