
पर्वत- मेगा बैंक नेपाल लिमिटेड कुश्मा शाखाले नेपाल बिद्युत प्राधिकरण पर्बत बितरण केन्द्र कुश्मा पर्बतमा कार्यरत कर्मचारी स्वर्गिय भोलाराम शर्माकी पत्नि यामकला ढकाल शर्मा लाई बैंकमा रहेको तलबी खातामा बैंकले प्रदान गर्ने रु सात लाखको दुर्घटना बिमा बापतको रकम बितरण गरेको छ ।
भोलाराम शर्माको बिद्युत लाईन मर्मतका क्रममाः मिति २०७७ भाद्र महिनाको २९ गते मृत्यु भएको थियो । बैंकले नेको ईन्स्युरेन्स कम्पनिको सहयोगमा तलब खातामा दुर्घटना बिमा सुबिधा प्रदान गर्ने गरेको र सो तलब खातमा कर्मचारीहरुको रु. सात लाख बराबरको दुर्घटना बिमा लगायतका अतिरिक्त सुबिधा प्रदान गर्ने गरेको कुश्मा शाखाका ग्राहक सेवा बिभागका कर्मचारी तारा पोख्रेलले बताउनुभयो । सो रकम हस्तान्तरण पश्चात भोलाराम शर्माकी पत्निले आफ्नो पतिको मृत्यु पश्चात बैंकले प्रदान गरेको बिमा रकमले परिवारको भरण पोषणमा धेरै ठुलो सहयोग पुग्ने भन्दै बैंक परिवारले बिमा दाबि प्रक्रियामा गरेको सहयोग प्रति आभार ब्यक्त गर्नुभयो ।
बैंकका गण्डकी प्रदेश प्रमुख ज्ञानेन्द्र पन्तको सभापतित्वमा भएको सो कार्यक्रमको संचालन कुश्मा शाखाका प्रबन्धक केशब आचार्यले गर्नुभएको थियो भने कार्यक्रममा प्र्रदेश मार्केटिङ्ग अफिसर लेखनाथ गौतम, कालिगण्डकी एकेडेमिका प्रिन्सिपल एवं गुप्तेश्वर बहुमुखिक्याम्पस पर्बतका संचालक समितिका अध्यक्ष बसन्तकुमार कर्माचार्य, जलजला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन आचार्य, नेपाल बिद्युत प्राधिकरण पर्बत बितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराई लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य कुश्मा शाखाका अपरेशन ईन्चार्ज प्रमिला गिरीले गर्नुभएको थियो भने बैंकले प्रदान गर्ने कर्मचारी तलब बचत खाता तथा बैंकले शुरु गरेको अभिभावक बचत खाता लगायतका बिभिन्न बचत खाताहरुको बिशेषताहरुका बारेमा कुश्मा शाखाका ग्राहक सेवा बिभागका तारा पोख्रेलले जानकारी गराउनुभएको थियो ।