पर्वतको पाङका एक पुरुषको कोरोना संक्रमणवाट मृत्यु - News site from Nepal
पर्वतको पाङका एक पुरुषको कोरोना संक्रमणवाट मृत्यु

पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङका एक पुरुषको कोरोना संक्रमणवाट मृत्यु भएको छ ।
पोखराको मेडिप्लस अस्पतालमा उपपचारका क्रममा शुक्रवार साँझ सवा ५ बजे ६७ वर्षिय पुरुषको निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । उहाँमा वैशाख ७ गते कोरोना संक्रमण भएपनि लामो समयसम्म निको हुन सकेको थिएन ।
कोरोना सँगै ती युवामा निमोनिया तथा स्वासप्रश्वासमा समस्या रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिनुभयो । उहाँको निधनपछि पाङ गाउँ शोकमग्न बनेको छ । यो सँगै पर्वतमा कोरोनावाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!