कोभिडप्रति संवेदनशिल बन्दै पर्वत काँग्रेस- विपि स्मृति भवनलाई कोभिड अस्पताल बनाउन सुझाव - News site from Nepal

पर्वत- पर्वतमा नेपाली काँग्रेसले निर्माण सम्पन्न गरेको विपि स्मृति भवनलाई कोभिड-१९ रोकथामका लागि अस्थायी अस्पताल बनाउन प्रस्ताव गरिएको छ ।
संक्रमणदर बढ्दै गर्दा नागरिकहरुले उपचारमा समस्या खेप्नुपरेको अवस्थालाई मध्यनजर गर्दै कोभिड अस्पताल बनाउन सुझाव दिएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा भवन निर्माण समितिका संयोजक अर्जुनप्रसाद जोशीले बताउनुभएको छ ।
पर्वत सदरमुकाम कुश्माबजारमा गत वर्ष गुप्तेश्वर बहुमुखि क्याम्पसका बनाईएको अस्थायि अस्पताल हटाएपछि अहिलेसम्म कोभिड अस्पताल संचालनमा आउन सकेको छैन । दैनकजसो संक्रमणदर बढ्दै जाँदा बिरामीहरुको सहज रुपमा उपचार गर्नका लागि यो भवनलाई प्रयोग गर्न आग्रह गरिएको जोशीले सामाजिक संजालमा लेख्नुभएको छ ।
उहाँले भवनको प्रयोजनका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रसँग कुराकानी अघि बढेको समेत बताउनुभएको छ । उहाँले पर्वतवासीले दुःख नपाउन भनेर भवनमा सुविधासम्पन्न अस्थायी अस्पताल संचालन गर्नेवारे आवश्यक सुझाव सल्लाह दिन पनि पार्टी नेता तथा कार्यकर्ताहरुसँग सुझाव माग समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!