पर्वतमा नयाँ भेरियन्टको कोरोनावाट १७१ जना संक्रमित, संक्रमणदर चुलिँदै - News site from Nepal

पर्वत- पर्वतमा नयाँ भेरियण्टको कोरोनाबाट संक्रमण हुनेको संख्या १७१ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दोस्रो चरणमा संक्रमित हुनेहरुको बिबरण हिजो एकमुष्ठ रुपमा सार्वजनिक गरेको छ । निर्देशनालयले बैशाख ७ गते देखि पोखरा, बागलुङ र पर्वतका विभिन्न स्थानमा गरिएको पीसीआर र एण्टिजेन परिक्षणको नतिजा एकमुष्ठ प्रकाशित गरि जिल्लाभर दोस्रो चरणमा संक्रमित हुनेहरुको संख्या १७१ पुगेको जानकारी दिएको हो ।
जनस्वास्थ्य कार्यालय पर्वतका तथ्यांक अधिकृत प्रविण भण्डारीले कोरोनाको दोस्रो लहर चलेपछि संक्रमण भएकाहरुले निर्देशनालयले हिजो एकमुष्ठ विवरण सार्वजनिक गर्दा कतिपयमा एकै पटक संक्रमित थपिएको भ्रम फैलिएकोले भ्रममा नपर्न अनुरोध गर्नुभएको छ । स्वास्थ्य निर्देशनालयले हिजो विहान र दिउँसो विवरण सार्वजनिक गरेको थियो ।
भण्डारीका अनुसार यो विवरण अहिले सम्मको कुल विवरण हो । यसैबिच हिजो मात्रै जिल्लामा ५१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय पर्वतका अनुसार आज विहादी गाउँपालिकामा २५ जना, जलजला गाउँपालिकामा १४ जना, कुश्मा नगरपालिकामा १० जना फलेवास नगरपालिकामा १ जना, र पैयुँ गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैबिच पर्वतका एक जनाको हिजो कोरोना संक्रमणका कारण मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । मृत्यु हुनेमा कुश्मा नगरपालिका ९ कटुवाचौपारीका ५३ पुरुष रहनुभएको छ । उहाँको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उहाँमा वैशाख १३ गते संक्रमण पुष्टि भएको थियो । उपचारका क्रममा उहाँको वैशाख २३ गते मृत्यु भएको निर्देशनालयले जनाएको छ । योसंगै पर्वतमा कोरानाले मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!