नेपाल पत्रकार महासंघ पर्वतमा थापा प्यानल बिजयी - News site from Nepal
नेपाल पत्रकार महासंघ पर्वतमा थापा प्यानल बिजयी

पर्वत-नेपाल पत्रकार महासंघ पर्वतको अध्यक्षमा सन्तोष थापा बिजयी हुनुभएको छ । बुधवार राती सम्पन्न अन्तिम मतपरिणाम अनुसार थापा आफ्ना निकटतम प्रतिद्वन्द्धी अगन्धर तिवारी भन्दा २ मतको अन्तरमा बिजयी हुनुभएको हो । थापाको पक्षमा २८ मत प्राप्त भएको छ भने तिवारीले २६ मत प्राप्त गर्नुभएको थियो । थापा प्रेस चौतारी निकट पत्रकार हुनुहुन्छ भने पराजित तिवारी प्रेस यूनियन निकट हुनुहुन्छ ।
त्यसैगरी उपाध्यक्षमा नारायण भुर्तेल, महिला उपाध्यक्षमा इन्दु तिवारी, सचिबमा राजबाबु पिसि, सहसचिब समावेशीमा दिपेश विक, सहसचिबमा निर्मल पौडेल, कोषाध्यक्षमा डिलबहादुर विक बिजयी हुनुभएको छ । त्यसैगरी महिला सदस्यमा रमा सुवेदी, अन्य समावेशी सदस्यमा गिताकुमारी शर्मा बिजयी हुनुभएको छ भने खुल्ला सदस्यमा सुवास लामिछाने, माधव पराजुली, राजन पौडेल, विकासराज र्पौडेल र महेन्द्रबहादुुर जिसी बिजयी हुनुभएको छ । दलित सदस्यमा लक्ष्मणकुमार सुनार र आदिवासी जनजाती तर्फ इन्द्रकुमार जोशी निर्विरोध निर्वाचित हुनुभएको छ ।
केन्द्रीय परिषद सदस्यमा गणेश पौडेल र रन्जना खत्री निर्विरोध निर्वाचित हुनुभएको छ भने प्रदेश परिषद सदस्यमा लक्ष्मण सापकोटा, गणेश गिरी, कृष्णबहादुर अखेली र इन्दिरादेवी शर्मा बिजयी हुनुभएको छ ।
अध्यक्षमा बिजयी थापाले जिल्लाका कार्यक्रम श्रमजिवि पत्रकारहरुको हक हितका निम्ति निरन्तर सक्रिय भएर काम गर्ने बताउनुभयो । उहाँले जिल्ला सदरमुकाममा मात्र केन्द्रित नभई सातै स्थानीय तहसम्म पनि पत्रकारहरुको पहुँच बृद्धि हुनेगरी काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
निर्वाचित पदाधिकारीलाई बुधवार रातीनै निर्वाचन समितिले प्रमाणपत्र वितरण गरिसकेको निर्वाचन समिति संयोजक राजेन्द्र पहाडीले जानकारी दिनुभयो । पत्रकार महासंघ पर्वतमा ५४ जना सदस्य आवद्ध रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!