पर्वतमा एकैपटक थपिए ५० जना कोरोना संक्रमित (कहाँका कति) - News site from Nepal
पर्वतमा एकैपटक थपिए ५० जना कोरोना संक्रमित (कहाँका कति)

पर्वत- पर्वतमा एकैपटक ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा एकैपटक ठुलो संख्यामा संक्रमित देखिएका हुन् । जसअनुसार पर्वतको विहादी गाउँपालिकाका २५ जना, जलजला गाउँपालिकाका १३ जना, कुश्मा नगरपालिकाका १० जना, र मोदी र महाशिलाका १/१ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै पर्वतमा दोस्रो लहरको संक्रमित हुनेको संख्या १ सय ८० पुगेको छ । पर्वतमा आजै एक संक्रमितको मृत्यु समेत भएको छ । कुश्मा नगरपालिका वडा नं. ९ कटुवाचौपारीका ५३ वर्षिय पुरुषको समेत मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!