लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
पर्वतमा पत्रकार महासंघको निर्वाचनको मतदान सम्पन्न, केहिवेरमा गणना शुरु हुँदै - News site from Nepal

पर्वत- नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचनका लागि पर्वतमा मतदान सम्पन्न भएको छ । संघ, प्रदेश र जिल्लाको नेतृत्व चयनका लागि मतदान भएको हो ।
विहान ९ बजेदेखि शुरु भएको मतदान दिउँसो साढे १ बजे सकिएको छ ।
पर्वतमा ५४ जना मतदाता रहेका छन् । सवै मत खसेको निर्वाचन समितिले जनाएको छ । तीन तहको गरी झण्डै ७० जनालाई मतदान गर्नुपरेकाले समय लामो लागेको हो । मतदान सकिएलगत्तकै केहि समयपछि मतगणना शुरु गरिने निर्वाचन अधिकारी राजेन्द्र पहाडीले जानकारी दिनुभयो । आजै साँझसम्म तीनै तहको मतपरिणाम दिन सकिनेगरी मतगणनाको व्यवस्थापन गरिने समेत पहाडीले बताउनुभयो ।
पर्वतमा आगामी नेतृत्वका लागि पत्रकार सन्तोष थापा र अगन्धर तिवारी छुट्टाछुट्टै प्यानल सहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!