पर्वतको बाच्छा घटनाका फरार प्रतिवादी आठ बर्षपछि पक्राउ - News site from Nepal
पर्वतको बाच्छा घटनाका फरार प्रतिवादी आठ बर्षपछि पक्राउ

पर्वत- जिल्ला प्रहरी कार्यालय पर्वतले ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्लाको बिहादी गाउँपालिका–१ बाच्छाका ३१ बर्षिय डिलवहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।

नेपालीलाई जिल्ला अदालत पर्वतले २०७० असार ३ गते ज्यान मार्ने उद्योगमा ५ बर्ष कैद सुनाएको थियो । आठ बर्षसम्म फरार रहेका नेपालीलाई खोजतलासको क्रममा कुश्मा नगरपालिका–५ बडागाउँबाट प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

प्रतिवादी नेपालीलाई अदालतले तोकिएको कैद–सजाय भुक्तानीको लागि कारागार चलन गरेको प्रहरी निरिक्षक अधिकारीको भनाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!