पर्वत- पर्वतको फलेवास नगरपालिकामा श्रमिकहरुको विवरण संकलन गर्न थालिएको छ । नगरपालिकाद्धारा संचालन गर्न लागिएको शहरी शासकिय पूर्वाधार आयोजनाका लागि नगर भित्रका ११ वटै वडामा रहेका दक्ष तथा अर्धदक्ष मजदुरहरुको विवरण संकलन गर्न लागिएको हो ।
श्रममुलक कार्यमा सहभागि हुन इच्छुक महिला, दलित, जनजाती, अपांगता भएका परिवारका सदस्यका लागि एकाघरका एक जना सदस्यका दरले श्रमिकहरुको निवेदन माग गरी संकलन गर्न थालिएको नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार नगरभित्रका सवै वडा कार्यालयलाई परिपत्र गरी विवरण संकलन गर्न आग्रह गरिएको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि विवरण संकलन गरिएकै ढाचामा अब नयाँ श्रमिकहरुको विवरण संकलन गर्न सकिने भएको छ । फलेवासमा यस अघि मजदुरहरुका लागि निबृत्तिभरण योजना समेत शुरु भैसकेको छ ।