पर्वत- पर्वतको महाशिला गाउँपालिकामा रहेको एशियाकै ठुलो महाशिलाको विकासका लागि रु ५ करोड रुपैया बिनीयोजन भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयवाट पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम अन्तर्गत उक्त रकम विनीयोजन भएको हो ।
महाशिला क्षेत्रमा १ सय ८ फिट अग्लो शिव पार्वतीको अर्धनारेश्वर मुर्ति निर्माण र बृद्धाश्रम संचालनका लागि उक्त रकम बिनीयोजन भएको हो । संघीय मन्त्रालयवाट रु ३ करोड ५० लाख र स्थानीय गाउँपालिकावाट रु १ करोड ५० लाख साझेदारी गर्नेगरी रकम बिनीयोजन भएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार गत वर्षदेखिनै शिक्षा क्षेत्रमा एक सय ८ धारा निर्माण, शौचालय, सभाहल लगायतका संरचना निर्माण भैरहेका छन् भने अर्धनारिश्वरको मुर्ति निर्माण प्रकृया अघि बढिरहेको छ ।