पर्वतको जलजला गाउँपालिकाका नियमित सेवाहरु वैशाख मसान्त सम्म बन्द - News site from Nepal

पर्वत- पर्वतको जलजला गाउँपालिका कार्यालयको अत्यावश्यक सेवा वाहेक अन्य नियमित सेवा बन्द भएका छन् ।
कोरोनाको नयाँ भेरियण्ट सहितको संक्रमण समूदायमा फैलिन थालेपछि जलजला गाउँपालिकाको कार्यालय बन्द गर्ने निणर्य भएको हो । सोमवार बसेको संकट व्यवस्थापन समितिको बैठकले जलजला गाउँपालिकाको प्रसासनिक सेवा बैशाख मसान्त सम्म बन्द गर्ने निणर्य भएको हो ।
गाउँपालिकाको स्वास्थ्य सेवा, दैनिक आवश्यक वस्तु तथा खाद्यन्नको ढुवानी सेवा, पशुपंक्षीको दाना, तरकारी, दूध, डेरी उद्योग, माछा, मासु, पानीको आपुर्ती, फोहोरमैला व्यवस्थापन लगायतका सेवा भने सुचारु हुने जनाईएको छ । गाउँपालिकाका अध्यक्ष यामवहादुर मल्लले एक विज्ञप्ती प्रकाशित गरि जलजलामा निषेधाज्ञाको शैलीमा कार्यालयको सेवा सहित अन्य क्षेत्रमा चहलपहल हुने क्षेत्रका गतिविधि बन्द गरिएको बताउनुभयो ।
गाउँपालिकाबाट हुने योजना सम्झौता, योजनाको अनुगमन, फरफारक, भुक्तानी, राजस्व संकलन, सिफारिस लगायतका सेवा बन्द भएका छन् । बैँक तथा वित्तिय संस्था र सहकारी संस्था एक चौथाई कर्मचारीले मात्रै सञ्चालन गर्न गाउँपालिकाले आदेश जारी गरेको छ । गाउँपालिकाले कोरोना संक्रमण फैलिन नदिन स्वास्थ्य मापदण्डलाई पालना गरिदिन अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!