पर्वतको विहादी गाउँपालिका नियमित सेवाहरु वैशाख ३० गते सम्म बन्द गर्ने निर्णय - News site from Nepal

पर्वत- दक्षिण पर्वतको विहादी गाउँपालिकाले वैशाख ३० गतेसम्म गाउँपालिकाका अत्यावश्यक सेवा बाहेक नियमित कामकाज बन्द गर्ने निणर्य गरेको छ ।
मंगलवार बसेको कार्यपालिका वैठकले प्रत्येक घरधुरीमा एक एक वटा आइशोलेशन वेड तयार गर्ने, प्रत्येक वडामा एक एक वटा सामुदायिक क्वारेन्टीन निर्माण गर्ने निणर्य गरेको छ ।
त्यसैगरी विदेशवाट आएकाहरुको तथ्यांक संकलन गरी होम आईशोलेशनमा बस्न लगाउने, गाउँपालिका भित्रका पसल तथा व्यावसायहरु विहान ६ देखि ९ र बेलुका ५ देखि ७ बजेसम्म खोल्न दिने निणर्य भएको अध्यक्ष कमल भुसालले जानकारी दिनुभयो ।
त्यसैगरी गाउँपालिकाभित्र रहेका सवै स्वास्थ्य चौकी, प्रहरी चौकी लगायत सरकारी कार्यालयमा अवाश्यक मास्क र स्यानिटाईजर गाउँपालिकाले छिटै व्यवस्था गर्ने र गाउँपालिकामा रहेको कोभिड अस्पतालको लागि आवश्यक उपकरण, जनशक्ति र अक्सिजन अविलम्व व्यवस्थापन गर्ने निणर्य समेत वैठकले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!