पर्वत- नेपाल पत्रकार महासंघ पर्वतको यहि चैत २५ गते बुधवार निर्वाचन हुँदै छ । आगामी नेतृत्वका लागि पत्रकार सन्तोष थापा र अगन्धर तिवारी छुट्टाछुट्टै प्यानल सहित प्रतिस्पर्धामा उत्रिएका छन् ।
पत्रकार महासंघ पर्वतमा यस अघि एक/एक कार्यकाल सचिव र कोषाध्यक्षको समेत कार्यभार सम्हालिसकेका थापा नेपाल टेलिभिजन र नयाँ पत्रिका दैनिकमा आवद्ध छन् भने म्याग्दीमा लामो समय पत्रकारिता गरेका तिवारी कान्तिपुर दैनिकमा आवद्ध छन् ।
थापा प्यानलको उपाध्यक्षमा नारायण भुर्तेल र महिला उपाध्यक्षमा इन्दिरा तिवारी रहेका छन् । सचिबमा राजबाबु पिसी, कोषाध्यक्षमा डिलबहादुर विक र सहसचिबमा निर्मल पौडेल र दिपेश विक रहेका छन् भने महिला सदस्यमा रमा सुवेदी, दलित सदस्यमा लक्ष्मण सुनार, समावेशी सदस्यमा गिताकुमारी शर्मा तथा खुल्ला सदस्यहरुमा विकासराज पौडेल, महेन्द्रबहादुर जिसी, माधव पराजुली, राजन पौडेल र सुवास लामिछाने रहेका छन् ।
तिवारी प्यानलको उपाध्यक्षमा उत्तम अधिकारी, महिला उपाध्यक्षमा विष्णु गौतम रहेका छन् । यो प्यानलको सचिबमा रोशन तिवारी, सहसचिबमा संगिता केसी र विशन क्षेत्री रहेका छन् भने कोषाध्यक्षमा साजन परियार रहेका छन् । त्यसैगरी महिला सदस्यमा मिना पराजुली, आदिवासी जनजाती सदस्यमा इन्द्रकुमार विकल्प, अन्य समावेशीमा देवराज पुरी, र खुला सदस्यमा गणेश बहादुर क्षेत्री, सुनिता शर्मा, तुलाराज कुँवर, ठाकुर रसाईली र रामकृष्ण लामिछाने रहेका छन् ।
प्रदेश प्रतिनिधि परिषदमा लक्ष्मण सापकोटा, गणेश गिरी, कृष्णबहादुर अखेली र इन्दिरादेवी शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ भने केन्द्रीय परिषद सदस्यमा समावेशीवाट रन्जना खत्री निर्विरोध निर्वाचित हुनुभएको छ भने अर्को एक खुल्लामा माया अधिकारी, प्रकाश बराल, र गणेश पौडेलबीच प्रतिस्पर्धा हुँदैछ । यस अघि दलित सदस्यमा लक्ष्मणकुमार सुनार र आदिवासी जनजाती सदस्यमा इन्द्रकुमार विकल्प निर्विरोध निर्वाचित हुनुभएको छ । निर्वाचनको सवैजसो तयारी पुरा भएको छ भने बुधवार विहान ९ बजेदेखि मतदान कार्य शुरु हुने र सोहि दिन मतगणना हुने निर्वाचन अधिकृत राजेन्द्र पहाडीले जानकारी दिनुभयो ।
पर्वत पत्रकार महासंघमा ५४ जना सदस्य आवद्ध रहेका छन् ।