पर्वत लगायत आसपासका जिल्लाहरुमा विहानैदेखि वर्षा जारी, चिसोले जनजीवन प्रभावित - News site from Nepal

पर्वत- पश्चिमी वायुको प्रभावका कारण अहिले पर्वत लगायत आसपासका जिल्लाहरुमा वर्षा भैरहेको छ । विहान ६ बजेदेखिनै यस क्षेत्रमा निरन्तर वर्षा परेको हो । लामो समयपछि भएको वर्षाका कारण यस क्षेत्रमा अत्याधिक चिसो बढिरहेको छ ।
चिसोले बजार तथा ग्रामीण क्षेत्रको जनजीवन प्रभावित बनेको छ । चिसोका कारण बजारमा चहलपहल समेत न्यून बनेको छ ।
उच्च पहाडी भेगमा हिमपातको समेत सम्भावना रहेको छ । लामो समयपछि वर्षा र हिमपात परेपछि किसानहरु भने दङ्ग परेका छन् । हिउँदे खेतीमा उत्पादन घट्ने चिन्ताले पिरोलिएका नागरिकहरु वर्षा भएसँगै राहत महसुस गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!