पर्वतको विहादीमा प्याराग्लाईडिङ पूर्वाधार निर्माणको काम शुरु - News site from Nepal

पर्वत
पर्वतको विहादी गाउँपालिकामा प्याराग्लाईडिङको व्यावसायिक उडान गर्ने गरी पूर्वाधार निर्माण कार्य थालिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बाट विनियोजित रकम रु. २० लाख लागतमा विहादी गाउँपालिकाको लुङरिङ डाँडामा प्याराग्लाईडिङका लागि आवश्यक पूर्वाधार निर्माण गर्न थालिएको हो ।
विहादी गाउँपालिकाको रमणिय पर्यटकिय क्षेत्र मानिने लुङरिङ डाँडा बाट प्याराग्लाईडिङ उडान (टेकअफ) गर्ने र ईमिचौर र दुर्लाङमा अवतरण (ल्याण्ड) गर्ने गरी काम थालिएको छ । यहाँ प्याराग्लाईडिकङको सफल परिक्षण गरिए सँगै पूर्वाधारको काम थालिएको प्याराग्लाईडिङ पूर्वाधार निर्माण समितिका अध्यक्ष जित बहादुर नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार २० लाख रकमबाट उडान गर्ने स्थानको धावनमार्ग सुधार, शौचालय, प्रतिक्षालय, कार्यालय लगायतका संरचना निर्माण गरिने छ । उक्त संरचना ३ महिनाभित्रै निर्माण सम्पन्न गरी प्याराग्लाईडिङको संस्था दर्ता गर्ने कार्य समते अगाडी बढाइने बताईएको छ ।
प्याराग्लाईडिङ उडान गर्ने स्थान करिब २ हजार मिटरको उचाईमा रहेको छ ।
प्याराग्लाईडिकङको सम्भाव्यता र दृश्याअवलोकनको लागि राम्रो देखिएपछि गण्डकी प्रदेश सरकारले रु. २० लाख विनियोजन गरे सँगै पुर्वाधार निर्माणको काम थालिएको हो । गण्डकी प्रदेशसरकारले विहादी गाउँपालिका सहित पाँच स्थानमा प्याराग्लाईडिङको पूर्वाधार निर्माण कार्य थालेको छ ।

मंगलबार एक कार्यक्रमका बीच विहादी गाउँपालिकाका अध्यक्ष कमल प्रसाद भुषालले प्याराग्लाईडिङ पूर्वाधार निर्माणको शिलान्यास गर्नुभएको हो । शिलान्यास गर्दै भुषालले पर्यटनको महत्वपूर्ण आधार मानिने प्याराग्लाईडिङले समग्र विहादी गाउँपालिकाको भविष्यलाई उज्ज्वल बनाउन मद्दत पुग्ने बताउनुभयो । विहादी गाउँपालिका पर्यटनका हिसाबले प्रचुर सम्भावना भएको पालिका रहेको चर्चा गर्दै भुषालले पर्यटन मार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभयो । नियमित प्याराग्लाईडिङ उडान गर्नको लागि आवश्यक प्रक्रिया गाउँपालिकाले तत्काल अगाडी बढाउने उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!