पर्वतको मोदीका दलित समुदायलाई ११ लाख बराबरका सामाग्री वितरण - News site from Nepal

पर्वत- पर्वतको मोदी गाउँपालिकाले दलित समुदायका विभिन्न पेशा व्यावसाय गर्ने नागरिकहरुलाई उपकरण वितरण गरेको छ ।
गाउँपालिकाको दलित सशक्तिकरण कार्यक्रम अन्तरगत पञ्चोजा, जक्कि मेशीन, आईरन, इन्टरलक लगायतका सामानहरु वितरण गरिएको मोदी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत किसानबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
गाउँपालिकाले नौमती बाजा ५ सेट पाँच वटा बाजा समुहलाई वितरण गरेको हो । ६ लाख ७१ हजार मुल्य बराबरका पञ्चेवाजाका साधनहरु वितरण गरिएको हो । हराउँदै गएको पञ्चेबाजाको संरक्षणका लागि बाजा हस्तान्तरण गरिएको क्षेत्रीले जानकारी दिनुभयो । त्यसैगरी खुट्टे सिलाई मेसिन १३ सेट तेह्र जनालाई, ४ वटा जुक्की मेसिन चार जनालाई, २ वटा हेवी आईरन दुई जनालाई, १ वटा छाला जुत्ता मेसिन एक जनालाई, २ वटा छाला जुत्ता फर्मा एक जनालाई र ५ वटा इन्टरलक मेसिन पाँच जनालाई हन्तान्तरण गरिएको हो ।
ती सामाग्रीको मुल्य ४ लाख २८ हजार ५ सय रहेको बताईएको छ । गाउँपालिकाका उपाध्यक्ष सेती महत, प्रवक्ता विमल लामिछाने र प्रमुख प्रशासकिय अधिकृत किसानबहादुर क्षेत्रीले एक कार्यक्रमका बीच उक्त सामाग्रीहरु वितरण गर्नुभएको हो ।
आफ्नो पेशा व्यावसायलाई निरन्तरता दिनका लागि गाउँपालिकाले आवश्यक सामाग्री सहयोग गरेको भन्दै दलित समुदायका ब्यावसायीहरु हर्षित बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!