नेपाल पत्रकार महासंघ पर्वतमा ५ बेडको आइसोलेशन तयार, अक्सिजनको पनि ब्यवस्था - News site from Nepal

पर्वत- नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतले आफ्नो कार्यालय रहेको भवनमा ५ शैयाको आइसोलेशन कक्ष निर्माण गरेको छ । कोरोना संक्रमणको दर उच्च हुँदै जाँदा अस्पतालमा शैयाको अभाव हुने अवस्थामा उक्त शैया प्रयोग गर्न मिल्ने गरी आइसोलेसन कक्षको निर्माण गरिएको पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापाले जानकारी दिए ।

थापाका अनुसार महासंघको कार्यालय रहेको कुश्मा ५ बडागाउँमा उक्त आइसोलेशन कक्षको निर्माण गरिएको हो । उक्त शैयामा पहिलो प्राथमिकतामा पत्रकारहरु रहनेछन् ।

संक्रमण पुष्टि भएर आइसोलेसन कक्षमा बस्नुपने पत्रकारले अस्पतालमा वेड नपाएको खण्डमा उक्त कक्षमा राखिने गरी तयारी अवस्था राखिएको अध्यक्ष थापाको भनाई छ । आइसोलेसन कक्षमा आवश्यक पर्ने अक्सिनजन सहितका अन्य उपकरणको लागि भने स्वास्थ्य कार्यालय र पर्वत अस्पताल तथा स्थानीय पालिकाहरुसंग समन्वय गरी अध्यक्ष थापाले जानकारी दिए ।

देश भर विरामीको संख्या बढ्दै जाँदा अस्पताहरुमा बेडको अभाव हुन थालेको छ । पर्वत जिल्लामा भने क्रियाशिल सवै पत्रकारहरु खोप लगाईसकेका छन् । खोप लगाएकाहरुमा पनि संक्रमण देखिनसक्ने भएकाले सवै पत्रकारहरु सचेत भएर कार्यक्षेत्रमा खट्न अध्यक्ष थापाले आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!