पर्वतको महाशिलामा समुदायमा फैलियो कोरोना, १२ जनाको एन्टीजेन परिक्षणमा एकै गाउँका ६ संक्रमित - News site from Nepal

पर्वत- पर्वतको महाशिला गाउँपालिकामा समुदायस्तरमै कोरोनाको संक्रमण फैलिएको पाईएको छ ।
कोभीड- १९ को लक्षणको आधारमा मंगलवार स्थानीय लुंखुदेउराली प्राथमिक स्वास्थ केन्द्रमा १२ जनाको एन्टिजेन परिक्षण गर्दा एकै गाउँका ६ जनामा संक्रमण पुष्टि भएको हो । वडा नं. ५ का ६ जना महिलाहरुमा कोरोना भाइरस पोजेटिभ देखिएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले जानकारी दिनुभयो ।
संक्रमित मध्ये ३ जना लाई अस्थायी कोरोना अस्पतालमा भर्ना गरि उपचार गराउने तयारी भइरहेको छ भने ३ जनाको अवस्था सामान्य रहेकोेले होम आइशोलेशनमै राखिने भएको छ । यता महाशिलाले अस्सिजन सहितको ५ बेडको आइशोलेशन समेत संचालनमा ल्याएको छ । चिकित्सकको निगरानीमा संक्रमितको उपचार थालिने गाउँपालिकाले जनाएको छ । साथै पालिकाले कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखा परेमा तुरुन्तै सम्पर्क गरि परिक्षण गराउन समेत अनुरोध गरेको छ ।
गाउँपालिकाले कोरोनाको संक्रमण नभएको भन्दै विद्यालय समेत नियमित संचालन गरिरहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!