पर्वतको महाशिलामा उपलव्धी मापन परिक्षा संचालन - News site from Nepal
पर्वतको महाशिलामा उपलव्धी मापन परिक्षा संचालन

पर्वत-कोरोना संक्रमणको जोखिम बढेपछि पर्वतका ६ वटा स्थानीय तहले विद्यालय बन्द गरेका छन् भने सबै परिक्षा पनि रोकेका छन् । तर जिल्लाको महाशिला गाउँपालिकाले भने विद्यालय बन्द गरेन भने आईतवार देखि विद्यालयहरुको परिक्षा सञ्चालन गरेको छ ।
महाशिला गाउँपालिकाले सबै वडामा आईतवार बाट कक्षा १ देखि १० सम्मको स्तरीकरण परिक्षा सञ्चालन गरेको हो । गाउँपालिकाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर परिक्षा सञ्चालन गरेको दाबी गरेको छ ।
नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको पठनपाठन र परिक्षा तत्काल रोक्न आदेश दिएको छ । तर महाशिला गाउँपालिकाले भने स्थानीय तहको अधिकार प्रयोग गर्दै सरकारको आदेश विपरित परिक्षा सञ्चालन गरेको हो । महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेका अनुुसार महाशिला गाउँपालिकामा अहिले सम्म कोरोना संक्रमति नदेखिएको र कसैमा पनि कोरोना संग मिल्दोजुल्दो लक्षण नभएको हुनाले परिक्षा नरोकिएको हो ।
गाउँपालिकाका विद्यालयमा हिजो पहिलो दिन परिक्षा सम्पन्न भएको पौडेलले बताउनुभयो । महाशिलामा २७ सामूदायिक र एक नीजि विद्यालय छन् ।
परिक्षा २ सिफ्टमा सञ्चालन गरिएको र स्वास्थ्यका सबै मापदण्ड पालना गरिएको गाउँपालिकाले जनाएको छ । प्रत्येक कक्षाकोठामा स्वास्थ्यकर्मीले निगरानी गरेको पनि प्रवक्ता जीवन उचै ठकुरीले बताउनुभयो ।
कक्षा १ देखि ५ सम्मका विद्यार्थीको विहान १० देखि १ बजेसम्म र ५ देखि १० सम्मको दिउँसो १ देखि ५ सम्म परिक्षा चलाईएको छ । संक्रमण संग मिल्दो लक्ष्ण देखिएमा अलग्गै राख्ने व्यवस्था गरिएको छ । एक बेन्चमा एक जना विद्यार्थी राखेर परिक्षा चलाएको ठकुरीले बताउनुभयो । पर्वतमा नयाँ भेरियण्ट सहितको कोरोना संक्रमण ४० जनामा सरेको छ भने दुई जनाको मृत्यु भैसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!