पर्वतको मोदीमा कोभिड नियन्त्रण गर्न सवै वडामा निगरानी समुह परिचालन गरिँदै - News site from Nepal

पर्वत- पर्वतको मोदी गाउँपालिकाले दोस्रो लहरको कोरोना संक्रमण समूदायमा फैलिएपछि त्यसको निगरानी र स्वास्थ्य सुरक्षा अपनाउने कार्यमा प्रेरित गर्न सबै वडामा निगरानी समूह परिचालन गर्ने भएको छ ।
कोरोना संक्रमण भएका जिल्लाबाट पालिकामा भित्रिने व्याक्तिको निगरानी गर्न, स्वास्थ्य मापदण्डको पालना गर्न गराउन, समूदायमा चेतना फैलाउन तथा संकास्पद व्याक्तिको बारेमा जानकारी दिने गरि वडाहरुमा निगरानी समूह खटाउन लागिएको मोदी गाउँपालिकाले जनाएको छ । आठ वटा वडा रहेको मोदीमा प्रत्येक वडामा १५ जना रहने गरि निगरानी समूह गठन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत किसानवहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
समूहमा जनप्रतिनिधी, स्वास्थ्यकर्मी, विद्यालयका शिक्षकहरु, कर्मचारी, स्वास्थ्य स्वयंसेवकहरु, टोल विकास समितिका प्रतिनिधी, आमा समूह, यूवा क्लव, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधीहरु समेत रहने छन् ।
गाउँपालिकाले हिजो एक सूचना प्रकाशित गरि प्रत्येक वडाबाट समिति बनाएर पालिकामा पेश गर्न र गाउँपालिकाले आवश्यक परामर्श दिएर वडामा पचिालन गर्ने जनाईएको छ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुले मात्रै निगरानी गर्न नसक्ने भएकाले वडाका सरोकारवालालाई नै कोरोना संक्रमणको नियन्त्रणमा खटाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत क्षेत्रीले बताउनुभयो ।
मोदी गाउँपालिका साविक धौलागिरी प्रबेशको मुख्य नाका हो । मोदी गाउँपालिकाले नाकामा हेल्थडेस्क राखेर समेत निगरानी गर्ने भएको छ । छिमेकी जिल्ला कास्कीमा कोरोना संक्रमण आगो फैलिए झै समूदायमा फैलिएको छ ।
पोखरा, काठमाण्डौ, चितवन, नेपालगन्ज लगायतका शहर बाट मात्रै नभै भारतबाट पनि डिमुवा नाकाबाट मानिसहरु निर्वाध रुपमा प्रबेश गरिरहँदा जिल्लामा कोरोनाको भय बढ्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!