पर्वतको बनौमा संचालित उद्घोषण तथा भाषणकला तालिम सम्पन्न, गाउँको विकासमा निरन्तर सक्रिय छु -अध्यक्ष पुर्जा - News site from Nepal

पर्वत – पर्वतको जलजला गाउँपालिका वडा नं. ९ बनौमा संचालित एक हप्ते उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ ।
वडा कार्यालय बनौको आयोजना तथा गण्डकी प्रदेश मिडिया प्रालि कुश्माको समन्वयमा संचालित तालिम समापनको अवसरमा बोल्दै वडा अध्यक्ष तथा माओवादी केन्द्रमा नेता गौबहादुर पुर्जाले मानिसको व्यक्तित्व र नेतृत्व विकासका लागि यस्ता खालको तालिमको महत्वपुणर् भूमिका हुने बताउनुभयो । जवसम्म कुनैपनि व्यक्तिले आफ्नो विचार भावना व्यक्त गर्न सक्दैन तबसम्म कुनैपनि तहको नेतृत्वमा आउन असहज हुने बताउनुभयो ।
अध्यक्ष पुर्जाले आफु वडा अध्यक्षमा निर्वाचित भएदेखिनै यस क्षेत्रको विकासका लागि थुप्रै कामहरु गरेको बताउँदै बाँकी एक वर्षमा अधुरा कामहरु पुरा गर्न लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले मगर समुदायको बाहुल्यता रहेको बनौमा महिलाहरुलाई नेतृत्वमा ल्याउन आगामी दिनमा सहज हुने समेत बताउनुभयो ।


कार्यक्रममा वडा सदस्य पार्वती सर्किनीले वडाको समुचित विकासका लागि सवै जनप्रतिनिधिहरु एकजुट भएर अघि बढेको बताउनुभयो । कार्यक्रममा प्रशिक्षक लक्ष्मण सापकोटाले तालिममा सिकेका कुराहरुलाई व्यवाहारमा लागु गर्न आग्रह गर्नुभयो ।
गण्डकी प्रदेश मिडिया प्रालिका अध्यक्ष ढाकाराम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागिहरु टुमप्रसाद पुर्जा र कुमारी पुनले तालिमले आफ्नो जीवनमा ठुलो परिवर्तन ल्याएको अनुभूति भएको सुनाउनुभयो । कार्यक्रममा स्वागत प्रशिक्षार्थी प्रेमबहादुर पुर्जा र संचालन मुना गुर्वजा पुनले गर्नुभएको थियो ।
तालिम १५ गतेदेखि संचालन भएको हो । तालिममा २५ जना स्थानीयको सहभागिता रहको थियो । तालिमको सहजीकरण लक्ष्मण सापकोटा, रोशन तिवारी र दिपेश .बि पोखरेलले गर्नुभएको थियो ।
गण्डकी प्रदेश मिडियाले लोकतन्त्र अनलाईन पत्रिका संचालन गर्दै आएको छ भने संचार तथा पत्रकारिताको क्षेत्रमा सक्रिय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!