पर्वत – पर्वतको फलेवास नगरपालिका ८ ठानामौलामा १ दिने निःशूल्क स्वास्थ्य शिविर कार्यक्रम सुक्रवार सम्पन्न भएको छ ।
पर्वत चार भञ्ज्याङ सेवा केन्द्रले चार भञ्ज्याङ स्वास्थ्य केन्द्र टेलिमेडिसिनमा आयोजना गरेको उक्त शिविरमा १६० जना विरामीले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । शिविरको उत्घाटन गर्दै पर्वत अस्पतालका अध्यक्ष गोविन्द पहाडीले ग्रामिण क्षेत्रमा आयोजना गरिएको स्वास्थ्य शिविरले प्रतक्ष रुपमा विपन्न समुदायलाई फाईदा पुग्ने वताउँदै आयोजक संस्थालाई धन्यवाद दिदै पर्वत अस्पतालमा सवैको पहुचपुग्ने गरि सेवा प्रदान गरेको वताउनुभयो ।
साथै उहाले विपन्न समुदायले स्वास्थ्य विमा गर्दा उपचारमा सहुलियत हुनेहुदा स्वस्थ्य विमा गर्न समेत अनुरोध गर्नूभयो । कार्यक्रममा फलेवास नगरपालिका ८ नं. वडा का अध्यक्ष मन वहादुर कुवंर, स्वास्थ्य चौकी इन्चार्ज लक्ष्मी सुवेदी टेलिमेडिसिन व्यवस्थापन समितिका अध्यक्ष डिल्ली प्रसाद सुवेदी लगाएतले मन्तव्य राख्नु भएको थियो । पर्वत अस्पतालको प्राविधिक सहयोग तथा स्वस्थ्य कार्यालय पर्वतको सहयोगमा सम्पन्न उक्त शिविरमा फिजिसियन सेवा, इसीजी, भिडियो एक्सरे सेवा तथा दातको उपचार सेवा प्रदान गरिएको अयोजक संस्थाले जानकारी दिएको छ ।
स्वस्थ्य शिविरमा पर्वत अस्पतालका डा. डिवी क्षेत्री डा. सन्दिप सुवेदी डा. मानव तिवारी डा.नविन सुवेदीले निशूल्क स्वास्थ्य सेवा प्रदान गर्नुभएको थियो । हरेक वर्ष ग्रामिण क्षेत्रमा विदेशी विषेशज्ञ डाक्टरको उपस्थितीमा स्वास्थ्य शिविर आयोजना गर्दै आएको यस संस्थाले यस वर्षभने कोभिड १९ का कारण विदेशी डाक्टरको उपस्थिती हुन नसकेपनि पर्वत अस्पताको सहयोगमा शिविर आयोजना गरेको हो । संस्थाले संचालन गरेको चार भञ्ज्याङ स्वास्थ्य केन्द्र टेलिमेडिसिनमा नियमित रुपमा विदेशी विषेशज्ञ डाक्टरहरुले अनलाईन मार्फत टेलिमेडिसिन सेवा दिईरहेको व्यवस्थापक रोशन गूरुङले वताउनु भयो ।
पर्वत चार भञ्ज्याङ सेवा केन्द्रका अध्यक्ष सु. डम्मर व. गुरुङको अध्यक्षतामा आयोजना भएको निःशूल्क स्वास्थ्य शिविर उद्घाटन कार्यक्रमको संचालन संस्थाका सचिव डिल व वि.क ले गर्नूभएको थियो ।