जनगणनाका लागि पर्वतमा परिचालन हुने सुपरिबेक्षकको सूचि सार्वजनिक - News site from Nepal

पर्वत – पर्वतमा जनगणनाका लागि परिचालन हुने सुपरिबेक्षकको पहिलो सूची सार्वजनिक भएको छ । केनद्रीय तथ्यांक विभागको वेवसाईटमा अनलाईन आवेदन दिएकाहरु मध्ये सुपरिवेक्षकका लागि ८३ जनाको सर्टलिस्टमा नाम निकालिएको छ ।
यिनीहरु मध्येबाट जनगणनाका लागि ६१ जना सुपरिबेक्षक छनौटमा पर्ने जनाईएको छ । पर्वतमा जनगणनाको तयारी भैरहँदा गणक र सुपरिबेक्षक खटाईने छ । आवश्यकता भन्दा धेरैको आवेदन परेपछि सर्टलिस्टमा पनि धेरैजनाको नाम निकालिएको छ ।
जनगणना कार्यालय पर्वतका प्रमुख ज्योती केसीले सर्ट लिष्टमा परेकाहरुलाई कार्यालयले बैशाख १० गते सम्म कार्यालयमा सम्पर्क राख्न भनेको बताउनुभयो । कार्यालयमा आवेदकहरुलाई बोलाएर आवश्यक कागजातहरुको परिक्षण, अन्तरवार्ता र तथ्यांक विभागले बनाएको कार्यविधि लाई टेकेर सुपरिबेक्षक छनौट गरिने केसीले जानकारी दिनुभयो ।
जिल्लाका सातै स्थानीय तहका ६१ वटा वडामा एक एक जना सुपरिवेक्षक र ४ गणक खटिने जनाईएको छ । गणकहरुको लिस्ट भने वैशाख १५ गते पछि मात्रै सर्वाजनिक हुने कार्यालय प्रमुख केसीले बताउनुभयो । सुपरिवेक्षकहरु वैशाख २६ बाट गणनाको काम लिएर गाउँ जाने छन् ।
जनगणना कार्यालय पर्वतमा स्थापना भएपछि कार्यालयले सञ्चारकर्मी संग एक चरणमा अन्तरक्रिया भएको छ । जनगणना सचेतना सम्बन्धि एक चरणमा जनप्रतिनिधी संग गोष्ठि भएको छ । मेरो जनगणना मेरो सहभागिता भन्ने नाराका साथ २०७८ सालमा हुने गणनालाई महत्वका साथ हेरिएको छ । यस वर्ष अक्सर वसोवासका आधारमा गणना हुने जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!