पर्वतको पिपलटारीका विपन्न परिवारलाई चिल्ड्रेन नेपालद्धारा राहत तथा स्वास्थ्य सामाग्री हस्तान्तरण - News site from Nepal

पर्वत -बालबालिकाको हित एवम् संरक्षणमा क्रियाशिल संस्था चिल्ड्रेन नेपालको सहयोगमा कुश्मा नगरपालिका १० पिपलटारीका ४० जना विद्यार्थी र १ सय ७६ परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।
पुणर्ेश्वर माध्यामिक विद्यालयमा अध्यायनरत विपन्न बालबालिकाका परिवारलाई चामल, दाल, नुन लगायतका खाद्यान्न साथै मास्क, सेनिटाइजर, थर्मोमिटर अत्यावश्यक औषधि लगायतका स्वास्थ्य सामाग्री सहयोग गरिएको हो । BILD hilft e.V.”Ein Herz fur kinder”, Germany को सहयोगमा चिल्ड्रेल नेपालले उक्त सहयोग हस्तान्तरण गरेको हो ।
हस्तान्तरण कार्यक्रममा बोल्दै कुश्मा नगरपालिका वडा नं. १० का अध्यक्ष सुजन बिकले चिल्ड्रेन नेपालले बिपन्न परिवारलाई गरेको सहयोगले तत्कालको समस्या समाधान गर्न सहयोग पुगेको बताउनुभयो ।
चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक रामचन्द्र शर्मा पौडेलले ४९५ बालबालिकाकालाई चिल्ड्रेन नेपालले अभिवाकत्व ग्रहण गरेको र ती बालबालिकालाई अहिलेको कठिन अवस्थामा सहयोग समेत गरेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष शान्त पौडेलले महामारीको अवस्थामा संस्थाले अभिवाकत्व ग्रहण गरेका बालबालिका प्रति जिम्मेवारी बहन गरेको बताउनुभयो । संस्थाले पुणर्ेश्वर माबिका ३६ जना बालबालिकालाई निशुल्क रुपमा अध्यायन गराउँदै आएको छ । तिनै बालबालिकाका परिवारहरुलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग गरिएको संस्थाका कार्यक्रम सह संयोजक रमेश सुबेदीले बताउनुभयो ।
यस्तै चिल्ड्रेन नेपालकै सहयोगमा पिपलटारीमा रहेको स्वस्थ्य चौकीका लागि आवश्यक स्वास्थ सामाग्री हस्तान्तरण गरिएको छ । कोरोनालाई मध्यनजर गर्दै संस्थाले विभिन्न १५ प्रकारका औषधिहरु, थर्मल गन, डिजिटल थर्मोमिटर, नेबुलाइजर, साथै भिटामिन सी, भिटामिन बी कम्प्लेक्स, सिटामोल,जिंङ्क चक्की लगायतका औषधि हस्तान्तरण गरिएको हो । चिल्ड्रेन नेपालका कोषाध्यक्ष शान्त पौडेल र संस्थापक अध्यक्ष एवम् कार्यकारी निर्देशक रामचन्द्र पौडेलले सयुक्त रूपमा चौकी इन्चार्ज रामबाबु खड्कालाई हस्तान्तरण गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!