पर्वतमा व्यावसायीहरुको चुनावी चहलपहल शुरु, छुट्टाछुट्टै समुह प्रचारप्रसारमा - News site from Nepal

पर्वत- पर्वतका व्यावसायीहरुको छाता संगठन पर्वत उद्योग बाणिज्य संघको १८ औँ अधिवेशन नजिकिँदै गएको छ ।
अधिवेशन आउन झण्डै तीन साता मात्र वाँकी रहँदा व्यावसायीहरुमा चुनावी सरगर्मी बढ्दै गएको छ । अधिवेशनवाट नयाँ नेतृत्व चयनका लागि छुट्टाछुट्टै समुह बनाएर मत माग्न र आ-आफ्नो समुहको प्रचार प्रसारमा टोली जुटेका छन् ।
कुन पदमा कसको उम्मेदावारी भन्ने घोषणा नभएपनि दुई समुह प्रचारप्रसारमा सक्रिय बनेको पाईएको छ । लोकतान्त्रिक समुह र बामपन्थीहरु मिलेर छुट्टाछुट्टै प्रचार प्रसारमा हिडेका छन । गत साता उद्योग बाणिज्य संघका वर्तमान कार्यसमिति सदस्य समेत रहनुभएका मानसिंह भण्डारीले अध्यक्षमा उम्मेदावारी घोषणा गर्नुभएको थियो ।
भने अन्य कुनैपनि समुहले अध्यक्ष वा पदाधिकारीको टुंगो लगाएका छैनन् । अघिल्लो कार्यसमितिमा बामपन्थी समुहको बिजयी भएको थियो । अघिल्लो पटक पनि नेपाली काँग्रेस निकट लोकतान्त्रिक समुह र नेकपा निकट वामपन्थी समुहनै प्रतिस्पर्धामा रहेका थिए । जसमा लेखनाथ शर्मालाई पराजित गर्दै केदारनाथ शर्माको समुह बिजयी भएको थियो ।
यसपटक पनि सहमतिमा नेतृत्व चयन हुने सम्भावना निकै न्यून देखिएको एक ब्यावसायिले बताउनुभयो । अहिले लोकतान्त्रिक समुहवाट शिव शर्मा पौडेलको नेतृत्वमा एउटा समुह निर्वाचनको तयारीमा रहेको छ भने बामपन्थी समुहवाट गोपी अधिकारी वा ठाकुरवि पौडेल मध्ये एकले नेतृत्व गर्नेगरी प्रचार प्रसारमा टोली जुटेको छ ।
अधिकारी वा पौडेल मध्ये बाम समुहवाट एउटा अध्यक्षको उम्मेदार बन्ने निश्चित रहेको छ । चैत ७ गते हुने मतदान अगावै उम्मेदवारी घोषणा गर्ने तयारीमा दुवै समुह जुटेका छन् ।
पर्वत उद्योग बाणिज्य संघ जिल्लाका उद्योगी, व्यावसायिहरुको हक हितमा निरन्तर सक्रिय हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!