पर्वतको कुश्मामा फागुन १५ गतेदेखि २५ सम्म दोस्रो राष्ट्रिय मगर महोत्सव आयोजना - News site from Nepal

पर्वत- पर्वतमा दोस्रो राष्ट्रिय मगर महोत्सव आयोजना गरिएको छ ।
जिल्लामा क्रियाशिल मगर युवाहरुको संस्था पुन युवा क्लवले ३९ औ मगर दिवसको अवसरमा आगामी फागुन १५ गतेदेखि २५ गतेसम्म महोत्सव आयोजना गरेको हो ।
कोभीड-१९ को त्रासका कारण कुनैपनि मेला, महोत्सव हुन नसेकेका बेला धौलागिरि क्षेत्रमै पहिलोपटक यो कार्यक्रम आयोजना गरिएको हो । ‘कला संस्कृतिको सम्वद्र्धनमा ऐक्यवद्धता, खेल व्यापार तथा पर्यटन प्रवद्र्धनमा मुख्य प्रतिवद्धता’ भन्ने मुल नाराका साथ संचालन गर्न लागिएको महोत्सवमा मोफसलकै धेरै पुरस्कार राशिको खुल्ला भलिवल प्रतियोगिता आयोजना गरिएको छ ।
जसको प्रथम र द्धितिय पुरस्कार रु.१ लाख ५१ हजार, द्धितिय रु.१ लाख र सान्त्वना रु.३० हजार रहेको छ । त्यसैगरी विद्यालय स्तरीय नृत्य प्रतियोगिता, सोरठी नाच प्रतियोगिता, रत्यौली, भजन प्रतियोगिता, कृषि प्रदर्शनी, बाल उद्यान, शैक्षिक प्रदर्शनी, स्थानीय खानाका परिकार महोत्सवका मुख्य आकर्षण रहेका छन् ।
त्यसैगरी विश्वकै दोस्रो अग्लो बञ्जी, केवुलकार, झोलुङ्गे पुलको अवलोकन, हरेक दिन ख्यातिप्राप्त राष्ट्रिय कलाकाहरुको प्रस्तुती समेत रहने आयोजकले छ । महोत्सवमा २२० भन्दा बढि व्यावसायिक स्टलहरु रहने महोत्सवका मुल संयोजक पुन युवा क्लवका अध्यक्ष कृष्ण पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार महोत्सबवाट रु.७२ लाख आम्दानी हुने अपेक्षा गरिएको छ भने रु.५१ लाख खर्च हुने अनुमान छ । महोत्सववाट बचत भएको रकमले नुमना मगर संग्रहालय स्थापना गर्ने लक्ष्य राखिएको छ ।
विशेषगरी कोभीड-१९ ले थला पारेको पर्वतको पर्यटन व्यावसाय प्रवद्र्धन गर्ने, पर्वतको उद्योग, व्यापार व्यावसायको प्रवद्र्धनमा सहयोग पुर्‍याउने, खेलकुद तथा सांस्कृतिक विकासमा टेवा पुर्‍याउने, कृषि र शैक्षिक उन्नयनमा मद्धत गर्ने तथा मगर समुदायको पुरानो संस्कृतिको संरक्षण तथा सम्वद्र्धनमा मद्धत गर्ने लगायतका उद्धेश्य राखिएको छ ।
कोभीड-१९ को संक्रमण फैलन नदिन सम्पुणर् स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्र महोत्सव गर्न जिल्ला प्रशासन कार्यालय पर्वतले अनुमती दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!