पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ्गस्थित चनौटे गाउँ नजिकै रहेको ढिकु सामुदायिक वनमा आगालागी भएको छ ।
विहीवार दिउँसोदेखि लागेको आगो वन क्षेत्रमा फैलदै गएको छ ।
आगो नियन्त्रणका लागि कतैवाट पनि पहल हुन नसकेको स्थानीय होमबहादुर थापाले जानकारी दिनुभयो । ढिकु सामुदायिक वनवाट सल्किएको आगो अहिले चनौटे सामुदायिक बनतर्फ फैलदै गएको उहाँले बताउनुभयो । गाउँलेहरुलाई आवश्यक सतर्कता अपनाउन वन समितिले आग्रह गरेको छ ।
आगो कसले र कहाँवाट लगायो भन्न बारेमा कुनै जानकारी नभएको स्थानीयले बताएका छन् । झण्डै ७ हेक्टर क्षेत्रफलमा आगो फैलिसकेको छ । हिजो रात परेकोले आगो निभाउन नसकिएको र आज पहल गरिने पनि स्थानीको भनाई रहेको छ ।आगालागी हुँदा थुप्रै बन्यजन्तु र जडिवुटिहरु नष्ट भएका छन् ।