
पर्वत- पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलाई विदाई गरिएको छ । पर्वतवाट सरुवा भएर गृह मन्त्रालयमा जान लाग्नुभएका रेग्मीलाई पर्वत उद्योग बाणिज्य संघले सोमवार एक कार्यक्रमको आयोजना गरी विदाई गरेको हो ।
सो अवसरमा बोल्दै सिडीओ रेग्मीले आफ्नो पर्वतको बसाईका क्रममा समन्वय र सहकार्य गर्ने सवै पक्षलाई धन्यवाद व्यक्त गर्नुभएको छ । आफु जिल्लावासीनै भएकाले दैनिक कार्यसम्पादन देखि जिल्लाको समग्र शान्ति सुरक्षा र विकास निर्माणका काममा थप टेवा पुगेको उहाँको विश्वास रहेको छ ।
उहाँले निजि क्षेत्र र सरकारबीचको समन्वयवाट हरेक काम प्रभावकारी हुने बताउँदै जिल्लाको कोभीड न्यूनिकरण र विपद व्यवस्थापनमा उद्योग बाणिज्य संघले खेलेको भूमिकाको प्रसंसा गर्नुभएको थियो । कर्मचारीहरुको नियमीत सरुवा अन्तर्गत आफु सरुवा भएर गएपनि पर्वत जिल्लालाई सँधै स्मरण गर्ने र गृह मन्त्रालयवाट गर्नुपर्ने आवश्यक सहयोग र सहजीकरण गर्दै जाने बताउनुभयो ।
रेग्मीलाई प्रसंसा पत्र समेत प्रदान गरिएको थियो । रेग्मीको सरुवा भएसँगै पर्वतमा गोरखाकी सहायक प्रमुख जिल्ला अधिकारी देवि पाण्डे खत्री पर्वतमा सरुवा भएर आउनुहुने भएको छ ।
विदाई कार्यक्रममा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले कोभीड-१९ को संक्रमणका बीच जिल्लालाई सुरक्षित राख्न उहाँले खेलेको भूमिकाको प्रसंसा गर्दै पर्वत वसाईका क्रममा भएको सहकार्यका निम्ति आभार व्यक्त गर्नुभयो । कार्यक्रममा निवर्तमान अध्यक्ष हरिओम शर्मा लामिछानेले पनि बोल्नुभएको थियो ।
कार्यक्रमको संचालन महासचिब गणेश लामिछाने र धन्यवाद मन्तव्य बरिष्ठ उपाध्यक्ष गोपि अधिकारीले गर्नुभएको थियो ।