पर्वत – नेपाल विद्यार्थी संघ पर्वतको १२ औं जिल्ला अधिवेशनबाट विस्तारीत कार्यसमिति अध्यक्षको एकल र स्वेच्छाचारी निर्णयबाट विघटित भएको भन्दै नेपाल विद्यार्थी संघका अन्य पदाधिकारीले बिरोध गरेका छ्न ।
नेपाल विद्यार्थी संघ पर्वतका उपाध्यक्ष किशोर सुवेदी र सचीव दया सुवेदीको संयुक्त विज्ञाप्ती मार्फत नेपाली कांग्रेस केन्द्रले भातृ संस्थाको म्याद थपेको अबस्थामा संगठनलाइ सशक्त बनाएर लग्नुपर्नेमा जिल्ला कार्यसमिति भंग गर्नु पार्टीको निर्णय र निर्देशन विपरीत रहेको भनिएको छ । नेकपा सरकारबाट संविधान लोकतन्त्र नै धरापमा परेको आजको विसम परिस्थितिमा कांग्रेसका सम्पुर्ण भातृ तथा सुभेच्छुक संस्थाहरु एकताबद्ध भएर लाग्नु पर्ने अबस्थामा अध्यक्षले पर्वत नेविसंघलाई आफ्नो एकल निर्णयबाट विघटन गर्दा विद्यार्थीहरुलाई स्तब्ध बनाएको विज्ञाप्तीमा उल्लेख छ ।
असंवैधानिक कार्यबाट ऐतिहासिक नेविसंघ पर्वत विघटन हुन नसक्ने भन्दै निरन्तर रुपमा नेविसंघ पर्वतको जिम्मेवारी र विद्यार्थी आन्दोलन शसक्त रुपमा अंगाडी बढ्ने प्रण गरिएको छ । साथै स्वेच्छाचारी निर्णयलाई सच्याई पार्टीको निर्णय बमोजिम अंगाडी बढाउन माउ पार्टी नेपाली कांग्रेस पर्वतलाई विज्ञाप्तीमा अनुरोध गरिएको छ ।
सोमबार नेविसंघ पर्वत अध्यक्षको एकल निर्णयबाट भंग भएको भन्दै नेविसंघका नेता कार्यकर्ताहरुले चर्को विरोध गरेका छन ।