सिमसार क्षेत्र बिनाको पृथ्वी र किड्नी बिनाको मानिस उस्तै हुनः मन्त्री लम्साल - News site from Nepal

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले सिमसार क्षेत्र बिनाको पृथ्वी र किड्नी बिनाको मानिस उस्तै उस्तै भएको बताउनुभएको छ ।  मंगलबार २४ औँ सिमसार दिवसको अवसरमा शुभकामना दिदै मन्त्री लम्सालले सिमसार क्षेत्र बिनाको पृथ्वी र किड्नी बिनाको मानिस उस्तै उस्तै भएकोले यसको संरक्षण र उचित व्यवस्थापनमा लाग्न सम्पूर्णमा हार्दिक अपिल गर्नुभएको छ ।
पानी र सिमसार क्षेत्र मानव जीवनका लागि अन्योन्याश्रित भएको उहाँको भनाई छ । सिमसार क्षेत्रले मानव जीवनको लागि आवश्यक पर्ने आधारभूत आवश्यकताका अतिरिक्त मानव सभ्यता र संस्कृतिको जगेर्ना समेत गर्ने भएकोले यिनको संरक्षण गर्नु मानव दायित्व भएको मन्त्री लम्सालले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।
नेपालका अन्तर्राष्ट्रिय महत्व बोकेका १० वटा सिमसार क्षेत्र रामसार सूचिमा सूचिकृत भईसकेको र गण्डकी प्रदेशको राजधानी पोखरामा रहेको फेवाताल लगायतका नौ वटा तालहरु पनि रामसार सूचिमा सूचिकृत भई व्यवस्थापन हुँदै आइरहेको मन्त्री लम्सालको भनाई छ । सिमसार क्षेत्र र तालहरुलाई प्रभावकारी ढंगले व्यवस्थापन गर्नका लागि गण्डकी प्रदेश सरकारले ताल संरक्षण तथा विकास प्राधिकरण गठन गरी विशेष प्राथमिकताका साथ काम भईरहेको शुभकामना सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!