समृद्धिलाई उचाईमा पु¥याउन अझै केपी ओलीको नेतृत्व आवश्यक छः मन्त्री लम्साल - News site from Nepal

पर्वत
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रय सदस्य एवम् गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले मुलुकमा समृद्धिको आरम्भ भएको बेला केपी ओलीलाई घेरा हालेर काम गर्न नदिएकोले बाध्य भएर निर्वाचनमा जानु परेको बताउनुभएको छ । शनिवार पर्वतको फलेवास नगरपालिका वडा नं. ५ खानिगाउँमा आयोजित नगरस्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री लम्सालले यो निर्वाचान बाट समृद्धिलाई सफलताको उच्चाई पु¥याउन मुलुकमा फेरी एक पटक केपी ओलीको नेतृत्व आवश्यक रहेको बताउनुभयो ।
अस्थिर मानसिकतावादीहरुले केपी ओली नेतृत्वको सरकार असफल बनाउन विभिन्न जालझेल हत्कण्ड अपनाएकोले केपी ओली बाध्य भएर निर्वाचनमा जानुपरेको बताउनुभयो ।
निर्वाचन बाध्यता भएको भन्दै उहाँले सरकारले राम्रो काम गर्दै गर्दा विकास,परिर्वतन र समृद्धि नचाहानेहरुले सरकारलाई घरेबन्दी गरेर काम गर्न नदिएको बताउनुभयो । “ओली नेतृत्वको सरकारले उत्कृष्ट काम गरिरहेको थियो, जनताले् प्रत्यक्ष विकासको अनुभूती गरेका थिए,” मन्त्री लम्सालले भन्नुभयो, तर यो मुलुकमा विकास भएको र स्थिर सरकार हेर्न नसक्नेहरुले सरकारलाई निरन्तर असहयोग गरे, पार्टी बाट घेराबन्दी गरियो, ।
जनताले दिएको म्याण्डेट अनुसार संवैधानिक निकायमा नियुक्ती गर्न आफ्नै दलका नेताहरुले नदिए पछि प्रधानमन्त्री ओलीले बाध्य भएर संसद विघटन गर्नुपरेको उहाँको भनाई थियो ।
सत्य र तथ्यमा टेकेर बहस गरौँ,उहाँले केपी ओली नेतृत्वको वर्तमान सरकारले आर्थीक, सामाजिक, शैक्षिक तथा पूर्वाधारको क्षेत्रमा उल्लेखनिय काम गरेको दाबी गर्नुभयो । “मानव विकास सूचकांकमा नेपाल १४९ औँ स्थानबाट १४७ औँ स्थानमा उक्लिएको छ,शान्ति सूचकमा नेपालले १२ बिन्दुले सुधार गरेर मध्यम सुरक्षा भएको मुलुकमा पहिलो स्थान आगटेको छ, विधिको शासनमा नेपाल विश्वका १२६ देशमध्ये ५९ औँ स्थानमा रहेको छ, उहाँले भन्नुभयो,” यति मात्र होईन भ्रष्टाचार नियन्त्रण र पारदर्शितामा नेपाल ११ औँ स्थान माथि उक्लिएको छ, खुशी मापन सूचकमा नेपाल १०० औँ स्थानमा छ भने, विश्व भ्रमण गर्नै पर्ने १५ मुलुकमा नेपाल परेको  सुचिकृत छ, यो सरकारको उपलब्धिमूलक काम हुन । सरकारको बिरुद्धमा एकथरी समुहले प्रायोजित रुपमा  प्रयोग गरेर दुषप्रचार मात्र गर्ने काम गरेको मन्त्री लम्सालको भनाई थियो ।
पश्चगामीहरुले  संसद पुर्नस्थापना हुने सपना देखेता पनि संसद पुर्नस्थापना हुन नसक्ने ठोकुवा गर्दै मन्त्री लम्सालले वैशाखमा चुनाव हुनेमा दुविधा नगरी सक्रियताका साथ चुनावमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो । “सूर्य चिन्ह हाम्रै हो, हाम्रै हुन्छ त्यसको दुविधामा नपनुहोस, मन्त्री लम्सालले भन्नुभयो,” एक पटक ओलीका लागि होईन भोलीका लागि, सुन्दर भविष्य लागि फेरी पार्टी पंक्ती एकताबद्ध बनेर दृढतापूर्वक नेकपाको सुर्य चिन्हमा मतदान गरेर झण्डै दुईतिहाईको होईन प्रष्ट दुई तिहाईको सरकार निर्माण गरौँ” ।
फलेवास नगरपालिकाका उपप्रमुख एव्म नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य मञ्जु अधिकारीले केपी ओली नेतृत्वको सरकारले उत्कृष्ट काम गरिरहेको दबी गर्नुभयो ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य बैकुण्ठ भुषालको अध्यक्षतामा भएको फलेवास नगरस्तरिय अगुवा कार्यकर्ता भेलामा बुद्धिजीवी संघ जिल्ला अध्यक्ष विष्णु रिजाल, अनेमासंघ जिल्ला सचिव धन कुमारी सुवेदी, अनेरास्वव्युका पुर्व केन्द्रिय सदस्य विन्दु अधिकारी लगाएतले बोल्नुभएको थियो ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) वडा कमिटि अध्यक्ष नारायण शर्मा लामिछानेको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन चन्द्र नेपालीले गर्नुभएको थियो ।
नगरस्तरिय अगुवा कार्यकर्ता भेलामा कार्यकर्ताहरुको उत्साहजनक उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!