पर्वत उद्योग बाणिज्य संघद्धारा गण्डकीका दुई मन्त्रीलाई स्वागत - News site from Nepal

पर्वत- पर्वत उद्योग बाणिज्य संघले गण्डकी प्रदेशका दुई मन्त्रीलाई स्वागत तथा सम्मान गरेको छ । शनिवार एक कार्यक्रममा बीच स्वागत तथा सम्मान गरिएको हो ।
सो अवसरमा गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मणिभद्र कँडेलले कोरोनाले थलिएको पर्यटनलाई माथि उठाउन विशेष कार्ययोजना बनाउने बताउनुभएको छ ।
शनिवार पर्वत उद्योग बाणिज्य संघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री कँडेलले गण्डकी प्रदेशका सवैजसो जिल्ला पर्यटनको लागि नेपालकै महत्वपुणर् क्षेत्र भएपनि कोरोनाले सुस्ताएको बताउँदै कोभिड प्रभावित व्यावसायिको हितका निम्ति विशेष प्याकेज सहित अघि बढ्ने योजना रहेको बताउनुभयो ।
गण्डकी प्रदेश सरकारले भर्खरै पुणर्ता पाएको बताउँदै अब बाँकी कार्यकालको विशेष कार्ययोजना बनाउने तयारी भैरहेको बताउनुभयो । कोरोना कारण उद्योग, कलकारखाना, उद्योग लगायतका क्षेत्र सवैभन्दा बढि नोक्सानी पुगेको बताउँदै यि क्षेत्रको पुनरुत्थानका लागि विशेष प्याकेज ल्याउनका लागि छलफल भैरहेको बताउनुभयो । उहाँले प्रदेशभरीका सरोकारवालाहरुबीच छलपल गरेर अघि बढ्ने बताउनुभयो । उहाँले कृषकहरुको सुविधाका लागि प्रदेशका ११ वटै जिल्लामा कृषि एम्बुलेन्स संचालन गर्ने विशेष कार्यक्रम अघि बढाईने बताउनुभयो । कृषकहरुको उत्पादन बजारीकरण गर्नका लागि कृषि एम्बुलेन्स संचालन गर्न थालिएको उहाँको भनाई रहेको छ । उहाँले समृद्ध नेपाल सुखि नेपालीको आकांक्षालाई निष्कर्षमा पुर्‍याउने बताउँदै त्यसका लागि प्रदेशका सवै नागरिकलाई कोरोना विरुद्धको खोपको उपलव्धता गराउन सरकार जुटेको बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री चन्द्र बुढा मगरले गण्डकी प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि अहिलेको सरकार अघि बढेको बताउनुभयो । उहाँले कृषि क्षेत्रमा युवाहरुको आकर्षण बढाउनका लागि अनुदानमुलक कार्यक्रम अघि बढाईने बताउनुभयो ।
पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष गोपि अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिब रमेश लामिछानेले गर्नुभएको थियो । कार्यक्रममा धन्यवाद मन्तव्य ठाकुरवि पौडेल ले गर्नुभएको थियो । पूर्व अध्यक्ष हरिओम शर्मा लामिछानेले जिल्लाको समग्र अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!