पर्वत- लामो समयदेखि मर्मत हुँदा जीणर् बनेको पर्वतको दोविल्ला-फलेवास सडक अन्तर्गत पर्ने मोदीखोला माथिको मोटरेवल पुल मर्मत शुरु भएको छ । विभिन्न सञ्चार माद्यामहरुमा पुल मर्मत नहुँदा सवारी साधनहरु जोखिम मोल्दै वारपार गर्नुपरेको गुनासो चलिएपछि मर्मत शुरु भएको हो ।
नेकपा एमालेका युवा नेता शिव पौडेलको पहलमा आजदेखि मर्मत शुरु भएको हो । प्वाल परेका पाता वेल्डिङ गर्ने, नट बल्टु परिवर्तन गर्ने लगायतका काम शुरु भएको पौडेलले जानकारी दिनुभयो ।
पुल मर्मतपछि दैनिक सयौको संख्यामा आवतजावत गर्ने सवारीसाधन र यात्रुलाई सहज हुने भएको छ ।