पर्वतमा जनगणना सम्बन्धि सचेतना कार्यशाला गोष्ठी सम्पन्न - News site from Nepal
पर्वतमा जनगणना सम्बन्धि सचेतना कार्यशाला गोष्ठी सम्पन्न

पर्वत- पर्वतमा जनगणना सम्बन्धि सचेतना कार्यशाला गोष्ठी सम्पन्न भएको छ । जनप्रतिनिधीहरु तथा सञ्चारकर्मी सहित जिल्ला जनगणना कार्यालय पर्वतले गोष्ठि मार्फत २०७८ सालमा गर्न लागिएको जनगणनको बारेमा जानकारी दिएको हो ।
सहभागी मार्फत सुझाव समेत संकलन गरिएको छ । जिल्ला जनगणना कार्यालयले स्थानीय तहका जनप्रतिनिधीहरुलाई जनगणनाको बारेमा पहिलो पटक जानकारी दिएको हो भने उहाँहरुमार्फत गाउँ गाउँमा हुने जनगणनामा सहयोगको अपेक्षा गरेको कार्यालय प्रमुख ज्योती केसीले बताउनुभयो । जनगणना गर्दा अपनाईने विधि, वस्तुनिष्ठ तथ्यांक संकलन, जनप्रतिनिधी तथा सर्बसारणहरुको सहयोगको बारेमा कार्यालय प्रमुख केसीले जानकारी गराउनुभयो ।
उहाँले बस्तुनिष्ठ तथ्यांक संकलन गर्न कार्यालयले हरतरहले मिहेनत गरेको बताउनुभयो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेलले जनगणना राष्ट्रिय उत्सवकै रुपमा गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले तथ्यांककै आधारमा हरेक खाले विकासका कार्यक्रम तर्जुमा हुने भएकाले गम्भिर रुपमा गणक तथा सुपरिबेक्षकहरुले तथ्यांक संकलन गर्नुपर्ने जिसस प्रमुख पौडेलले जोड दिनुभएको थियो । कार्यक्रममा जनप्रतिनिधीहरुले विगतमा जनगणना घट्नुका कारण खोजी गर्नुपर्ने र गल्ति कमजोरी भएको भए अहिले निर्मम तरिकाले समिक्षा गर्न जनगणना कार्यालयलाई सझुाव दिनुभयो ।
फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले तथ्यांक मिथ्यांक नहोस भन्नेमा सचेत हुन अनुरोध गर्नुभयो । नगरप्रमुख शर्माले कोहि पनि गणनामा छुट्न हुँदैन भनेर घरघरै गएर तथ्यांक संकलन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलले समग्रता समेट्ने गरि गणना गर्न सुझाव दिनुभयो । गाउँ गाउँमा जनगणना सचेतना अभियान दैजानु आवश्यक रहेको पौडेलले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी देवि पाण्डे खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला जनगणना कार्यालयका सहायक जनगणना अधिकृत दीपक सुबेदीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!