फलेवासको विकट गाउँ पाङराङको सिउरास – सुलिकोट जोड्ने सडक सिलन्यास - News site from Nepal

पर्वत ः पर्बतको फलेवास नगरपालिका वडा नं. ११ पाङराङबाट सिउरास सुलिकोट हुँदै माहाशिला गाउपालिका वडा २ भोक्सिङ जोड्ने सडकको शिलन्यास गरिएको छ ।
सडकको शिलन्यास फलेवास नगरपालिकाका प्रमुख पदमपाणीले शर्माले गर्नुभएको हो । शिलन्यास कार्यक्रममा बोल्दै नगरप्रमुख शर्माले बिकट ठाउँको बिकासको बारे आफू गम्भीर रहेको र यहि बर्ष योजना पूरा गरेर उक्त बाटोमा बस संचालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उक्त स्थानमा चिसापानी, शिद्ध मन्दिर लगायत महत्वपूणर् पर्यटकीय स्थलहरु रहेकाले बाटोको शिलान्यास गरि पर्यटन प्रबर्द्धनमा जोड दिएको उहाँको भनाई छ । यस्तै वडाध्यक्ष जित बहादुर सुनारले आफू बाटोको लागि सधैँ लागि परेको र अहिले सुरुवात हुँदा खुसी लागेको बताउदै अनवरत विकासका काममा लागि परेको बताउनुभयो ।

कार्यक्रममा फलेवास नगरपालिका ११ का अध्यक्ष जित बाहादुर सुनार (शेरहादुर), फलेवास नगरपालिका वडा नं. ८ का वडाध्यक्ष मन बहादुर कुँवर, फलेवास नगरपालिका वडा नं. ११ का वडा सदस्य टेक बहादुर पाठक लगायत विभिनन राजनीति दल र समाजसेविहरुको पनि उपस्थिति रहेको थियो । मोटरबाटो निर्माण समितिका अध्यक्ष क्षेत्रबहादुर पाठकको अध्यक्षतामा उक्त शिलान्यास कार्यक्रमको संचालन नगरपालिकाका योजना व्यवस्थापक देविप्रसाद तिमिल्सिनाले गर्नुभएको थियो । बाटोको सुबिधा हुने भएपछि फलेवास नगरपालिका वडा नं. ११ का जनता र महाशिला गाउँपालिका वडा नं. २ का जनतालाई सुबिधा हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!