पर्वत – पर्वतको जलजला गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष तथा नेपाल तरुण दलका पर्वत क का अध्यक्ष हरिबिकास जिसीका बाबु एवम् नेपाली काँग्रेसका क्रियाशिल सदस्य स्वर्गिय इन्द्रबहादुर जिसीको निधन भएको नबौ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
नेपाली काँग्रेस जलजला गाउँपालिका वडा नं. ८ को आयोजनामा सभा सम्पन्न भएको हो । सभामा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले स्वर्गिय इन्द्रबहादुर जिसीको निधनले नेपाली काँग्रेसलाई अपुरणिय क्षति पुगेको बताउँदै उहाँ इमान्दार र निष्ठाबान कार्यकर्ता भएको बताउनुभयो । उहाँको सपनालाई साकार पार्न काँग्रेसका सम्पुणर् नेता तथा कार्यकर्ता एकजुट हुनुपर्ने बताउनुभयो । अर्को प्रसंगमा नेता जोशीले दुई तिहाई बहुमत प्राप्त सरकारले जनमतमाथि अत्याचार गरेको बताउँदै संसद विगठन हुनु दुःखद पक्ष भएको बताउनुभयो । उहाँले संसद विगठनलाई काँग्रेसले चुनौती र अवसर दुवै पक्षमा लिँदै आगामी निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउनेगरी अघि बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रममा निवर्तमान संघीय सांसद लालकाजी गुरुङ, नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसाल, जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल, कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछोन, काँग्रेस महासमिति सदस्य बसन्तबहादुर सिके, राधाकुमारी क्षेत्री, जिल्ला सदस्य चुडामणी शर्मा, कुलप्रसाद उपाध्याय, महिला संघका कार्यवाहक सभापति मुना शर्मा लामिछाने, काँग्रेस युवा नेताहरु सुरेन्द्र केसि विप्लब हमाल, निर्मल विश्वकर्मा, प्रेस यूनियनका सभापति माया अधिकारी, शिक्षक संघका यज्ञ वास्तोला लगायतले बोल्नुभएको थियो ।
नेपाली काँग्रेस नाङलीवाङका सभापति रामप्रसाद क्षेत्रीको अध्यक्षतामा सम्पन्न सभामा हरेम बहादुर खत्रीको स्वागत र गजेन्द्र रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।