नयाँ जनादेशमा जानुको विकल्प छैन ः नेकपा केन्द्रीय सदस्य गिरी - News site from Nepal

पर्वत- गुरुङ जातीको मुख्य पर्व तमु ल्होछारको अवसरमा पर्वतमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । सदरमुकाम कुश्मामा रहेको मोदीकाली बुद्ध सेवा समाज, नमोबुद्ध आनन्द गुम्वा आमा समुह र बौद्ध युवा संघको आयोजनामा ट्रस्ट भवन उद्घाटन तथा विविध सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । संघीय सांसद पदम गिरीको पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गतको रु १० लाख रुपैयाको लागतमा बनेको ट्रस्ट भवनको निवर्तमान सांसद गिरीले उद्घाटन गर्नुभएको छ ।
सो अवसरमा बोल्दै नेकपाका केन्द्रीय सदस्य तथा निवर्तमान सांसद गिरीले नेपालको मौलीक संस्कृतिको जगेर्ना र संरक्षणवाट मात्र हाम्रो पहिचान र अस्तित्व कायम रहने बताउनुभयो । उहाँले यस्ता धर्म सस्कृतिको जगेर्र्नाका लागि आफु जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताउनुभयो । उहाँले आफु निर्वाचित भएपछि पर्वतमा थुप्रै कामहरु सम्पन्न भएको बताउनुभयो ।

आफु ५ वर्षका लागि जनताहरुको मत लिएर प्रतिनिधिसभामा पुगेको भएपनि विषम परिस्थितिका कारण पछि हट्नपरेको बताउँदै पुनः नयाँ जनादेशवाट पर्वतवासीहरुको सेवामा सक्रिय हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
पार्टीभित्रकै षडयन्त्रकारीका कारण प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गर्न बाध्य हुनुभएको बताउँदै निवर्तमान सांसद गिरीले अबको नयाँ निर्वाचनपछि आउने जनादेशवाट मुलुकको विकास र समृद्धिको थप खाका कोर्नेगरी अघि बढ्ने बताउनुभयो । उहाँले नयाँ जनादेशमा जानुको विकल्प समेत नरहेको बताउनुभयो । कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्ल, कुश्मा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष मिना कर्माचार्य, नमोबुद्ध आमा समुहका अध्यक्ष उर्मिला गुरुङ लगायतले बोल्नुभएको थियो ।
मोदीकाली बुद्ध सेवा समाजका अध्यक्ष धनरास गुरुङको अध्यक्ष्तामा सम्पन्न कार्यक्रमको स्वागत देवी गुरुङ र संचालन सचिब विपिन गुरुङले गर्नुभएको थियो । कार्यक्रममा लोक गायक शंकर बिरही गुरुङ, इन्द्रा गुरुङ, सविना गुरुङ, सरुन गुरुङ लगायतका कलाकारहरुले प्रस्ततुी राख्नुभएको थियो । सो अवसरमा युवा नेता गिरीलाई गुरुङ समुदायको भांग्रा र फेदा लगाएर सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!