पर्वतमा संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा मोटरसाईकल र्‍याली प्रदर्शन सम्पन्न - News site from Nepal

पर्वत- पर्वतको कुश्मामा राष्ट्रिय जनजागरण युवा संजालपर्वतको आयोजनामा बृहद मोटरसाईकल र्‍याली प्रदर्शन गरिएको छ ।
पूर्व राजा बिरेन्द्र बिरविक्रम शाहको जन्मदिनको अवसरमा संवैधानिक राजसंस्था सहितको हिन्दु राज्य कायम गर्न माग गर्दै मोटरसाईकल र्‍याली र कोणसभा गरिएको हो ।
भिमसेनथानवाट   शुरु भएको र्‍यालीले बजार परिक्रमा गरी लोकतान्त्रिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्वोधन गर्दै  पूर्व मन्त्री भिमप्रसाद गौचनले राजा आउँ हैन राजालाई ल्याउँ देश बचाउँ भन्दै देशव्यापी आन्दोलन गर्नुपर्नेमा जोड दिनुभयो । उहाले  हिन्दु   धर्म डलरमा बेच्न थालेेेेकाेे बताउदै   राजा काेे पाला मा   मुलुक संरक्षणका हिसावले धेरै राम्रो भएको बताउँदै अहिलेका राजनीतिक दलहरुले मुलुक सिध्याउन खोजेको आरोप लगाउनुभयो । उहाँले मुलुकमा राजाको आवश्यकता महशुस गरेको भन्दै एक दिन राजसंस्था पुर्नस्थापना भएरै छाड्ने दावी गर्नुभयो ।
उहाँले राजावादी, प्रजातन्त्रवादी र हिन्दु धर्मको पक्षमा लाग्नेहरु राजसंस्था पुर्नस्थापनाका लागि गोलवन्द हुनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रमको संचालन संजालका अध्यक्ष प्रेम गुरुङ अशोकले गर्नुभएको थियो । उनिहरुले हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, राजा आउ देश बचाउ जस्ता नारा समेत लगाएका थिए । भने राष्ट्रभाव झल्कने गीत समेत प्रस्ततुत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!