पर्वत- पर्वतको फलेवास नगरपालिकामा १० शैयाको आधारभुत अस्पताल शिलन्यास गरिएको छ ।
सरकारको एक पालिका एक अस्पताल कार्यक्रम अन्तर्गत फलेवासमा दश शैयाको अस्पताल शिलन्यास गरिएको हो । फलेवास नगरपालिका वडा नं. ६ देविस्था स्थित साविकको स्वास्थ्य चौकी नजिकै नगर प्रमुख पदमपाणी शर्माले शिलन्यास गर्नुभएको हो ।
अस्पतालको शिलन्यास गर्दै नगरप्रमुख पदमपाणी शर्माले नागरिहरुलाई आधारभूति स्वास्थ्य सेवाको पुहँच पुर्याउने उद्धेश्यले
सबै स्थानीय तहमा गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न आधारभूत अस्पताल निर्माण गरिन लागेको उनले बताए । सरकारले अहिलेसम्म अस्पताल नभएका स्थानीय तहमा आधारभूत अस्पताल बनाउन लागेको बताउँदै अब कोहि पनि नागरिक आधारभूति स्वास्थ्य सेवावाट बञ्चित हुनु नपर्ने बताउनुभयो । कोभिडको सन्त्रास फैलिएका बेला राज्यले स्वास्थ्यको क्षेत्रमा क्रान्ति गरेको बताउँदै अब बन्ने यस्ता अस्पतालहरुवाट नगारिकहरुले सर्वसुलभ रुपमा सेवा पाउने बताउनुभयो ।
उहाँले शिलन्यास पनि समयमै अस्पताल सम्पन्न गर्नका लागि नगरपालिकाले निरन्तर सहजीकरण गर्ने बताउनुभयो । अहिलेसम्म स्वास्थ्य चौकीको भरमा उपचार सेवा लिएका फलेवासका नागरिकल यो अस्पताल बनेपछि साना तिना समस्या लिएर पोखरा काठमाण्डौ जानु नपर्ने बताउनुभयो ।
कार्यक्रममा फलेवास नगरपालिकाका उपप्रमुख मञ्जु अधिकारी, प्रमुख प्रशासकिय अधिृकत मुक्तिराज रिजाल, नगरपालिकाका प्रवक्ता टिकाराम गौडेल, वडा नं. ६ का अध्यक्ष भोलानाथ भुसाल लगायतले बोल्नुभएको थियो ।
दश शैयाको उक्त अस्पताल १० करोड ८३ लाखको लागतमा बन्ने भएको हो । अस्पताल आगामी दुई वर्ष भित्र निर्माण सम्पन्न हुने बताईएको छ । यो सँगै पर्वतको महाशीलामा १५ र मोदी गाउँपालिकामा १० शैयाको अस्पताल पनि आजै शिलन्यास गरिएको छ ।