पर्वत – पर्वतको महाशिला गाउँपालिकाका सवै वडामा ब्यक्तिगत घट्ना दर्ता कार्य अनलाईन प्रणालीबाट सुरु भएको छ ।
गाउँपालिकाले ६ वटै वडा कार्यालयवाट सोमवारदेखि अनलाईन प्रणालीवाट घटना दर्ता गर्न शुरु गरेको हो ।
दर्ता कार्यमा संलग्न जनशक्तिलाई आवश्यक तालिम र दर्ता कार्यको शुरुवातका लागि आवश्यक कप्युटर, प्रिन्टर, इन्टरनेट लगायतका सामाग्रीहरु उपलव्ध गराएपछि सेवा शुरु भएको पालिकाले जनाएको छ ।
ब्यक्तिगत घटना दर्ता अनलाईन प्रणालीबाट शुरु भएपछि पारदर्शिता र सुशासन हुनुका साथै अभिलेख व्यवस्थित हुने भएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो । अध्यक्ष पौडेलले सुचना प्रविधिसँग जोड्दिै अझै प्रभाबकारी र ब्यबस्थित बनाउन लागि पर्ने बताउनुभयो ।
नागरिक लक्षित सेवा हरु डिजिटल बनाउने र अधिकतम सार्वजनिक सेवालाई अनलाईन प्रविधि मार्फत लैजाने उदेश्य स्वरुप सवै वडामा यो प्रविधि विस्तार गरिएको उहाँको भनाई रहेको छ । हरेक व्यक्तिको डाटा अनलाईनमा रहने भएकाले सबैलाई सहज हुने उहाँको बिश्वास रहेको छ ।
महाशिलाका वडा नं. १ होश्राङदी र वडा नं. ४ पाखापानीमा शुरु भैसकेको छ भने बाँकी वडामा पनि विस्तारै शुरु गरिदै जाने गाउँपालिकाका प्रवक्ता जिवन उच्चै ठकुरीले जानकारी दिनुभयो । गाउँपालिकाले यस अघि घटना दर्तामा संलग्न हुने कर्मचारीहरुलाई तालिम समेत दिईसकेको ठकुरीले बताउनुभयो ।
यस अघि पर्वतको कुश्मा नगरपालिकाका विभिन्न वडामा अनलाईन प्रणालीवाट घटना दर्ता कार्य शुरु गरिएको थियो ।