कुश्मा नगरपालिकाको वडा नं. ६ मा अनलाईनवाट घटना दर्ता शुरु - News site from Nepal
कुश्मा नगरपालिकाको वडा नं. ६ मा अनलाईनवाट घटना दर्ता शुरु

पर्वत-जिल्लाको कुश्मा नगरपालिका वडा न ६ मा अनलाईन प्रविधिबाट घटना दर्ता प्रक्रियाको शुरुवात भएको छ ।
एक कार्यक्रमका वीच कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरी पंगेनीले अनलाईन प्रविधिबाट घटना दर्ता प्रक्रियाको शुरुवात गरेका छन् । नगरपालिकाले १४ वटै वडाहरुमा अनलाईन प्रविधिको घटना दर्ता प्रक्रिया शुरुवात गर्ने अभियान अन्तर्गत कुश्मा बजार क्षेत्रमा पर्ने वडा न ६ मा घटना दर्ता प्रक्रियालाई डिजिटलाईज गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुम प्रशासकीय अधिकृत पंगेनीले डिजिटल प्रक्रियाको शुरुवात गर्ने संघ र प्रदेश सरकारको समेत निर्देशन बमोजीम नगरपालिकाले यस्तो अयिभानको शुरुवात गरेको बताए । उनले अनलाईन प्रणालीबाट घटना दर्ता गर्दा राष्ट्रिय परिचय पत्र तथा नागरिकको अवस्थाको पहिचानमा सरकारलाई थप सहयोग मिल्ने विश्वास ब्यक्त गरे । नागरिकले जन्म, मृत्यु र बसाईसराईको दर्ता समयमा गर्नु दायित्व समेत भएको भन्दै यस्तो कार्यमा अव कम झझण्टिलो तरिकाले घटनाहरुको दर्ता हुने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा कुश्मा नगरपालिकाका सामाजिक शाखाकी डिलकुमारी शर्माले सवै वडामा यस्तो अभियान सञ्चालन हुने बताईन । अहिले कुश्माको वडा न ३, ४ र ९ मा माात्र डिजिटल प्रविधिको शुरुवात भएको भन्दै यसले दस्तावेजलाई भरपर्दो तरिकाले ब्यवस्थापन गर्न सहयोग मिल्ने बताईन ।

कुश्मा नगरपालिका वडा न ६ का वडाअध्यक्ष रुद्र गिरीले डिजिटल प्रविधिका वडाले काम शुरु गरेको भन्दै ब्यक्तिगत घटना दर्ता सवैले समयमै कार्यालयमा आएर गराउन वडाबासीलाई आग्रह गरे । उनले जनताले सहज तरिकाले कसरी सेवा पाउन सक्छन भन्ने विषयमा आफूले सधै प्रत्यन्न गरीरहेको समेत बताए । कार्यक्रममा सञ्चालन वडा सचिव अजिता शर्मा र स्वागत सविता विकले गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!