पर्वत- पर्वतको पैंयु गाउँपालिकामा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा तीन जना महिला र ५ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार पैंयु गाउँपालिका वडा नं. ३८ र ३१ वर्षका दुई महिला तथा ३४,४८ र ६३ वर्षिय तीन पुरुष रहेका छन् भने वडा नं. ४ का २६ र ३३ वर्षिय पुरुष र वडा नं. ५ का ५३ वर्षिया एक महिलामा संक्रमण पुष्टि भएको हो । सवै संक्रमितहरु कन्ट्राक्ट ट्रेसिङवाट पहिचान भएका हुन् ।
उनिहरुलाई आईशोलेशनमा व्यवस्थापन गर्ने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।
यो सँगै पर्वतमा संक्रमितको संख्या ३०१ पुगेको छ ।