पर्वतमा जनता समाजवादी पार्टीले यसरी गर्‍यो बिरोध प्रदर्शन - News site from Nepal

पर्वत- प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजवादी पार्टी नेपालले देशभर विरोधसभाको आयोजना गरेको छ ।
यसैबिच पर्वतको सदरमुकाम कुश्माबजारमा पनि बुधवार विरोधसभा सम्पन्न भएको छ । प्रम केपी ओलीले चालेको संबैधानिक कु गरेर प्रत्तिनिधिसभा बिघटन गरि संघीय लोकतान्त्रिक गणतन्त्रको चिरहरण गरेको नेताहरुले बताएका छन् ।
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य ढाकाराम गौतमले ओलीको कदमको बिरुद्धमा प्राप्त उपलब्धिलाई रक्षागर्न र गणतन्त्रलाई संस्थागत बिकास गर्न सम्पुणर् समाजवादी आमुल परिबर्तनकारी शक्ती एक हुन आग्रह गर्नुभएको छ ।
त्यसैगरी केन्द्रीय सदस्य महेन्द्र जिसीले जनताले दिएको म्याण्डेड विपरित अलोकतान्त्रीक बाटोमा प्रधानमन्त्री ओली हिडेकाले यो कदमले जनताको हित गर्न नसक्ने बताउनुभयो । जनता समाजवादी पार्टी पर्वत जिल्ला अध्यक्ष यमबहादुर चोचाङ्गी पुनको अध्यक्षता सो विरोध कार्यक्रम कुश्माबजारको शिवालयचोकमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!