काठमाण्डाै – नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख २४ हजार ७८ पुगेकाे छ । मङ्गलबार थप एक हजार सात सय ९० जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
१० हजार आठ सय ४३ जनाकाे नमुना परीक्षण गर्दा एक हजार सात सय ९० जनामा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा दुई हजार सात सय ९१ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या दुई लाख चार हजार आठ सय ५८ पुगेको छ ।
अब नेपालमा १७ हजार आठ सय ५९ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै ६ सय २७ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा थप २४ जना सङ्क्रमितकाे ज्यान गएसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार तीन सय ६१ पुगेकाे छ ।