पर्वत- पर्वतको जलजला गाउँपालिकामा थप चार जना कोरोना संक्रमित थपिएका छन् । जलजला गाउँपालिकाको वडा नं. ६ का २७ वर्षिया एक महिला, २४ र ४२ वर्षिया दुई पुरुष गरी तीन जना तथा वडा नं. ९ बनौका ३६ वर्षिय एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा उनिहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । उनिहरु सवै जना कन्ट्रयाक्ट ट्रेसिङवाट पहिचान भएका हुन् । उनिहरुलाई आईशोलेशनमा व्यवस्थापन गर्ने तयारी भैरहेको छ ।
यस अघि आजै महाशीला गाउँपालिकामा कार्यरत दुई प्रहरीमा संक्रमण पुष्टि भएको थियो । यो सँगै पर्वतमा कोरोना संक्रमितको संख्या दुई सय ८७ पुगेको छ । भने गण्डकी प्रदेशमा संक्रमितको संख्या ११ हजार १ सय ९० पुगेको छ ।