पर्वतको सेतीवेणीमा एकादशीमा मेला लगाउन विहादी गाउँपालिकाको रोक - News site from Nepal

पर्वत- विश्वकै ठुलो शालिग्राम शिला रहेको दक्षिण पर्वतको विहादी गाउँपालिका वडा नं. ६ सेतीवेणीमा यहि मंशिर १० र ११ गते मेला लगाउन गाउँपालिकाले रोक लगाएको छ । मंशिर १० गते परेको हरिबोधनी एकादशी र ११ गते परेको तुलसीको विवाह गर्ने दिन सेतीवेणीमा विशेष मेला लाग्ने गरेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ को संक्रमण झनै बढ्ने र मेला महोसत्वमा हुने भिडभाडवाट समुदायस्तरमा पुग्ने जोखिम बढि हुने भएकाले मेला लगाउन रोक लगाईएको हो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ध्रुव दयालले शालिग्राम क्षेत्र संरक्षण समितिलाई पत्र लेख्दै नियमित पुजाआजा बाहेक मानिसहरुको भिडभाड हुने गरी मेला महोत्सव नगर्न निर्देशन दिनुभएको हो । शालिग्राम शिला बाहेक पालिका भित्रका अन्य धार्मिक स्थलहरुमा पनि नियमित पुजाआजा बाहेक अन्य कुनै कार्यक्रम नगर्न उर्दि जारी गरिएको हो ।
पवित्र कालीगण्डकी नदिको किनारमा अवस्थित विश्वकै ठुलो शालिग्राम शिलामा एकादशी, माघ संक्रान्ति, वैशाखे संक्रान्ति लगायत साउन महिनामा विशेष मेला लाग्ने गरेको छ । यहाँ मेला भर्नका लागि पर्वत जिल्लासँगै छिमेकी जिल्ला स्याङ्जा, बागलुङ, गुल्मी, पाल्पा, बुटबल तथा छिमेकी मुलुक भारतवाट समेत दर्शनार्थीहरु आउने गर्दछन् ।
पछिल्लो समय कालीगण्डकी ए जलविद्युत आयोजनाका जलाशयमा स्टीमर सेवा संचालन भएपनि शीला घुम्न र दर्शन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको लर्कोनै लाग्ने गरेको थियो । यस वर्ष कोभिड-१९ को प्रभावले भने पर्यटकहरु शुन्य जस्तै बनेको स्थानीय तीलक पराजुलीले जानकारी दिनुभयो ।
तर पनि चाडपर्वमा कालीगण्डकी नुहाउन र शालिग्राम शिलाको दर्शन गर्न भने भिडभाड हुने गरेकोले स्थानीय सुरक्षा निकायहरुको समेत साझेदारीमा यस पटक मेला महोत्सव लगाउन रोक लगाईएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!