पर्वत- पर्वतको महाशीला गाउँपालिकामा थप दुई जनामा कोरोना र्संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा महाशीला वडा नं. ५ लुंखुदेउरालीका ३४/३४ वर्षिय दुई पुरषमा कोरोना पुष्टि भएको हो । दुवै जना नेपाल प्रहरीको लुंखुदेउराली चौकीमा कार्यरत रहेको बताईएको छ ।
कन्ट्राक्ट ट्रेसिङमा परेका ४२ जनाको स्वाब संकलन गरिएकोमा दुई जना प्रहरीमा पोजेटिभ देखिएको र अन्यमा नगेटीभ आएको महाशीला गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले जानकारी दिनुभयो । उनिहरुलाई आईशोलेशनमा व्यवस्थापन गर्ने तयारी भैरहेको छ । उनिहरुको महाशिला गाउँपालिकाको अस्थायी कोरोना अस्पतालमा उपचार हुने बताईएको छ ।
यो सँगै पर्वतमा संक्रमितको संख्या दुई सय ८३ पुगेको छ ।